स्वर्गिय आमा इन्द्रकुमारीकाे स्मृतिमा गाईजात्रा (फाेटाे फिचर)

  • ख-
  • ख+

पाेखरा । पाेखराकाे मार्गदर्शन एकेडेमी परिवारले स्वर्गिय आमा इन्द्रकुमारी श्रेष्ठकाे स्मृतिमा शनिवार गाईजात्रा निकालेकाे छ ।

रानीपाैवाकाे तुलसीमार्गबाट निकालेकाे जात्रा भैरभस्थान, बगालेटाेल पुगेर महेन्द्रपुल हुँदै रानीपाैवाकाे शाेभा भगवतिमा समापन गरिएकाे स्वर्गीय अामाका जेठा छाेरा पुरन श्रेष्ठले जानकारी दिए । साथै साँझमा रानीपाैवामा लाखे नाच र राेपाईँ जात्रा पनि गरिएकाे उनले बताए ।

जात्रामा लठ्ठि जुधाउँने नाच, जाेगि, हनुमान राधाकृष्ण ,भगवानकाे प्रतिमाकाे रुपमा गाई बनाएर परिक्रमा गराउने लगायतका विधिबाट जात्रा निकालि नेवारी समुदायका प्रचलित विभिन्न नाच तथा झाँकीहरु बाजागाजासहित प्रस्तुत गरिएकाे थियाे ।

गाईजात्रामा छाेरा पुरन श्रेष्ठ, बुहारी निना श्रेष्ठ सहित सम्पुर्ण श्रेष्ठ परिवार सहित काठमाण्डाैं र धनकुटाबाट स्वर्गिय इन्द्रकुमारीका आफन्तहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे । धनकुटाबाट आएका आफन्तले विशेष गरि लठ्ठि जुधाँउने नाच जात्रामा प्रस्तुत गरेका थिए ।

धनकुटा जन्मघर भई पाेखरामा कर्मथलाे बनाएकी आमा इन्द्रकुमारीकाे ८४ वर्षकाे उमेरमा गत माघमा निधन भएकाे थियाे । स्वर्गिय आमाका तीन छाेरा र दुई छाेरी छन् ।

स्मरण रहाेस नेवार समुदायमा गाईजात्राका दिन वर्षभरि मरेका आफन्तका नाममा गाई वा मरेका मानिसको तस्बिर लिएर टाेल घुम्ने चलन छ । यसलाई अत्यन्त महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ । कारण, यस दिन आफन्त र परिवारका सदस्यलाई गुमाएकाले पनि दुःख प्रकट गर्ने अवसर पाउँछन् । त्यसैगरी, मृत्यु भएका आफन्तको सम्झनामा दीनदुःखीलाई दान दिने चलन छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्