पाेखरा २५ मा रहेकाे चौरासी नहरकाे पुन: निर्माण तथा सुईखेत फाँट डुबान नियन्त्रणबारे छलफल

  • ख-
  • ख+

हेमजा । पाेखरा २५ मा रहेकाे चौरासी नहरकाे पुन: निर्माण तथा सुइखेत फाँट डुबान नियन्त्रण सम्बन्धी कार्ययोजनाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम बिहीबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि  उर्जा जलस्रोत सिँचाइ तथा खानेपानी मन्त्री हरिशरण आचार्यले पहिला बस्ती कम पानीकाे मात्रा बढि भएकाे स्थानमा अहिले मानववस्ती बढि हुन थालेपछि पानीकाे निकास नहुदा समस्या बढ्दै गएकाे बताउँदै समस्या निम्तिएपछि यस्ताे संवेदनशिल विषयवस्तु समाधानकाे उपाय अवकाे विषय भएकाे उल्लेख गरे । उनले आफु गाेरखाबाट निर्वाचित भए पनि मन्त्रीकाे हैसियतले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पाेखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जोखिम क्षेत्रमा बस्ती बसाउँदा भविष्यमा समस्या निम्तिने बताउँदै बस्ती बसाल्नुपुर्व सचेत रहन आग्रह गरे ।

कार्यक्रममा पाेखरा २५ का वडा अध्यक्ष मोतीराज तिमिल्सिनाले असारमा भएको बाढी पहिरोबाट भएको क्षतिको बारेमा जानकारी गराए । 

कार्यक्रममा पूर्व वडा अध्यक्ष शाेभाखर तिम्सिना, पूर्व गा.वि.स अध्यक्ष रामचन्द्र त्रिपाठी, हेमजा सिँचाइ प्रणालीका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिना, चौरासी नहर निर्माण समितिका सचिव कमलमणि त्रिपाठी, सुईखेत खोला नियन्त्रणका सचिव देवीप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा सभापति नेत्रपाणी भण्डारी र पुर्णबहादुर कुँवर लगायतले आ-आफ्ना विचार तथा जिज्ञासा राखेका थिए ।

पाेखरा २५ का वडा अध्यक्ष मोतीराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यपालिका सदस्य धना तिमिल्सिना र सञ्चालन सचिव इश्वरी पोखरेलले गरेका थिए ।

स्मरण रहाेस पाेखरा २५ सुईखेत क्षेत्रमा गत असार १० गतेकाे अविरल वर्षापछिकाे बाढी पहिराे र डुवानका कारण सिर्जित प्राकृतिक प्रकाेपबाट चाैरासी नहर ठाउँठाउँमा फुट्न गई समस्या सिर्जना भएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्