अर्जेवा बाग्लुङ पाेखरा सम्पर्क समाजकाे अध्यक्षमा झलक र वरिष्ठ उपाध्यक्षमा विराज

  • ख-
  • ख+

पाेखरा । अर्जेवा बाग्लुङ पाेखरा सम्पर्क समाज पाेखरा कास्कीकाे साधारण सभा तथा प्रथम अधिवेशनले झलकबहादुर खत्रीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वस्ममत चयन गरेकाे छ ।

अधिवेशनले समाजकाे वरिष्ठ उपाध्यक्ष विराज शर्मा, महिला उपाध्यक्ष माया क्षेत्री, सचिव निशान के.सी.सहसचिव अजय क्षेत्री, काेषाध्यक्ष इन्द्रकला शर्मा, सहकाेषाध्यक्ष ज्ञानेन्द्र शर्मा चयन गरेकाे छ ।

समाजकाे सदस्यहरुमा सुर्यबहादुर थापा क्षेत्री, रिता शर्मा, निर्मला रेग्मी, कल्पना थापा के.सी,भिमा शर्मा र यामबहादुर सुवेदी चयन भएका छन् ।

सल्लाहाकारहरुमा ललित कुँवर, तुलबहादुर पुन, नरबहादुर पुन, मिनबहादुर पुन र रामबहादुर के सी चयन भएका छन् ।

नवनिर्वाचित समितिले अाउदाे ९ गते हरितालिका तिजकाे अवसरमा अर्जेवावासीहरुलाई दर खुवाउने निर्णय समेत गरेकाे छ ।

बाग्लुङकाे अर्जेवाबाट पाेखरा अाई बसाेवास गर्ने अर्जेवावासीहरु एकजुट भई दुखसुखमा सरसहयाेग गर्ने उद्देश्यले अर्जेवा बाग्लुङ पाेखरा सम्पर्क समाजकाे स्थापना गरिएकाे वरिष्ठ उपाध्यक्ष विराज शर्माले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्