
तिर्थ के.सी./पाेखरा । बाल संरक्षण तथा मानव बेचविखन विरुद्वकाे सवाल सम्वन्धी अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएकाे छ ।
नेपाल एशाेसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)काे आयाेजना र शक्ति समूहकाे सहयाेगमा आयाेजित कार्यक्रमका सहभागीहरुले बाल संरक्षण तथा मानव बेचविखन विरुद्व सरकारी निकाय, गैह्रसरकारी निकाय, आम जनसमूदाय तथा समवन्धित सराेकारवाला पक्षहरु एकजुट भएमा समस्याकाे न्यूनिकरण गर्न सकिने बताएका छन् । अन्यथा केही व्यक्ति र केही संस्था अग्रसर हुदैमा समस्यामा कमी नआउने उनीहरुकाे निष्कर्ष छ ।
राष्ट्रिय बाल दिवसकाे सन्दर्भमा आयाेजित उक्त कार्यक्रममा विशेष गरि पर्यटन क्षेत्र र खास गरि धेरै घट्ना घट्ने सम्भावित क्षेत्र हाेटल व्यवसाय केन्द्रित कार्यक्रममा गेष्टकाे रुपमा आएका व्यक्तिहरु र विशेष गरि बालबालिकाहरु आएकाे खण्डमा विशेष निगरानी राख्नुपर्ने कुरामा जाेड दिईएकाे छ ।
प्रमुख अतिथि वडा नम्वर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बालअधिकार, महिला अधिकार तथा मानव अधिकारका क्षेत्रमा काम गर्ने सबै संघ संस्थाले अग्रपंक्तिमा रहेर बाल संरक्षण तथा मानव बेचविखन विरुद्व महत्वपुर्ण भूमिका खेल्नुपर्ने उल्लेख गरे । साथै उनले सरकारी तवर र जनस्तरबाट नै समस्या समाधानका लागि लागिपर्ने बताए ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले पर्यटन क्षेत्रमा गरिएकाे यस्ताे खालकाे पहिलाे कार्यक्रम महत्वपूर्ण र चेतनामुलक भएकाे बताए । जसले पर्यटन व्यवसायीलाई आफ्नाे कार्यक्षेत्र मात्र नभएर मानविय हितका लागि पनि काम गर्नुपर्ने रहेछ भन्ने सन्देश दिएकाे बताए ।
शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले शक्ति समूहले गर्दै आएका कामहरुकाे बारेमा जानकारी दिईन् ।
पश्चिममाञ्चल हाेटल संघका अध्यक्ष लक्ष्मण सुवेदी,सामुदायिक सेवा केन्द्रका वैदामका अध्यक्ष मिना भट्टराई,नाट्टा प्रतिनिधि शिवराज अधिकारी लगायतले बाेलेका थिए भने कार्यक्रममा पर्यटन व्यवसायी, सामुदायिक सेवा केन्द्र ,बालबालिका तथा महिलाका क्षेत्रमा काम गर्ने पर्यटक प्रहरी लगायतका क्षेत्रका व्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे ।
शक्ति समूहकाे प्राेजेक्ट म्यानेजर सरला तामाङले बाल संरक्षण बेचविखनसम्वन्धी कार्यपत्र प्रस्तुत गरेकाे कार्यक्रमकाे स्वागत नाट्टाका प्रथम उपाध्यक्ष किशाेर दाहाललेे गरेका थिए भने सञ्चालन नाट्टा महासचिव संगिता पाैडेलले गरेकाे जानकारी नाट्टा गण्डकी प्रमुख कार्यकारी अधिकृत देवराज देवकाेटाले जानकारी दिए ।