
पाेखरा । द कुटी रिसाेर्ट प्रा.लि.का सञ्चालक देवेन्द्र के.सी.लाई लुम्बिनी विकास बैंक लिमिटेडले सम्मान गरेकाे छ ।
पाेखरा उद्याेग वाणिज्य संघकाे हालै सम्पन्न ३४ आैं अधिवेशनबाट उद्याेग तर्फकाे उपाध्यक्ष पदमा निर्वाचित भएकाेमा उपलक्ष्यमा बैंकले आफ्ना ग्राहक देवेन्द्र के.सी. लाई बधाई तथा शुभकामना ज्ञापन गर्दै प्रमाणपत्रद्वारा सम्मान गरेकाे हाे ।
नेपाल राष्ट्र बैंकबाट ´ख`वर्गकाे इजाजत प्राप्त राष्ट्रिय स्तरकाे संस्था लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बाेहाेराद्वारा हस्ताक्षरित सम्मानपत्र बैंककाे लेकसाइड शाखाका शाखा प्रवन्धक महेन्द्र कुमार श्रेष्ठ र फुलवारी शाखाका शाखा प्रबन्धक विक्रम गिरीले एक कार्यक्रमका विच संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
यस अवसरमा शाखा प्रबन्धकद्वयले व्यवसायीहरुकाे हकहितका लागि कार्य गर्न सुझाउँदै सफल कार्यकालकाे शुभकामना व्यक्त गरेका थिए भने सम्मानित व्यक्तित्व देवेन्द्र के.सी.ले सम्मानका लागि कृतज्ञता व्यक्त गर्दै आफ्नाे जिम्मेवारीमा कटिवद्व भएर लाग्ने बताएका थिए ।