ताङतिङ नौंचुपैंगी लामा महायान गुम्बा उद्घाटन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

कास्की ।
कास्कीको ताङतिङमा अवस्थित नौंचु पैंगीलामा महायान बौद्व गुम्बाको उद्घाटन सम्पन्न भएको छ । गत असारमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन शुक्रबार गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गरेका हुन् ।

उद्घाटन कार्यकम्रमा बोल्दै प्रदेश प्रमुख गुरुङले भाषा, संस्कार र संस्कृतिको जगेर्नामा अरु गुरुङ गाउँ भन्दा ताङतिङ अगाडी रहेको बताए । ‘पञ्चायत कालमा धार्मिक स्वतन्त्रता थिएन । तर मुलुकमा व्यवस्था परिवर्तन भएपछि सबै जातजातिहरुले आफ्नो भाषा, संस्कार र संस्कृतिको विकास गर्न पाएको छ ।’ उनले भने, ‘फलस्वरूप अहिले जुन सुकै गुरुङ गाउँ जानु त्यहाँ अत्याधुनिक गुम्बा निर्माण भएको छ ।’ उनले बुद्धको पुजा गर्दैमा बौद्व धर्मलम्वी नहुने र असली बौद्व धर्मलम्वी हुन बुद्धको पंचशीललाई आफ्नो जीवनमा लागु गर्नु पर्ने बताए ।

कार्यक्रममा मादीका प्रमुख देबिजंग गुरुङ, उपप्रमुख कल्पना गुरुङ, स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका नेताहरु,बौद्व धर्मलम्वीहरू, देशभरीका पैंगीलामाहरु उपस्थित भएका थिए । बौद्व अर्घौ सदन रामघाटका प्रमुख लामागुरु सिरलामा सहित २ दर्जन भन्दा बढि बौद्व लामाद्वारा ३ दिन पूजापाठ गरेका थिए । कार्यक्रममा गुम्बा निर्माण व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष विर्जमान गुरुङले गुम्बाको निर्माण कार्यमा सहभागी सबैलाई धन्यवाद प्रकट गरे ।

यसै बीच गण्डकी प्रदेश सरकारका कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद बहादुर गुरुङद्वारा बिहिबार ताङतिङ पुगेर स्थानीयलाई भेटघाट गरेका थिए । गुरुङलाई स्थानीय जनताले फुलमाला र लालीगुराँसले स्वागत गरेका थिए । उनले जन्मभूमि आउदा स्थानीयले देखाएको मायाले आफू खुसि लागेको र यसको गुन तिर्ने बाचा गरे ।

गुरुङले बौद्व गुम्बा, धार्मिक स्थल नौचु डांडा पुगेर पुजा गर्नुको साथै मादी २ र ६ जोड्ने पुल, निर्माणाधीन खेलमैदानको अवलोकन गरेका थिए । उनले धार्मिक स्थल रुपमा परिचित नौचु डांडालाई पर्यटकिय रुपमा चिनाउने आफ्नो सपना रहेको बताए । ‘यति सुन्दर प्राकृतिक गार्डेनमा अब एउटा कृतिम पोखरी बनाउने योजना छ । यस ठाउँलाई अभैm ब्यबस्थित बनाएपछि पर्यटक ओइरिन्छ ।’ गुरुङले भने । उनले आफू मादीको अध्यक्ष हुँदा क्रपू क्षेत्रमा पर्यटक ल्याउन थुप्रै काम गरेको दाबी समेत गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्