जिससका जनप्रतिनिधिलाई अभिमुखिकरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका जिल्ला समन्वय समिति पदाधिकारी र सदस्यहरूको लागि आयोजित एक दिने अभिमुखिकरण तालिम सोमबार पोखरामा सम्पन्न भएको छ।

अभिमुखिकरण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले तीन तहका सरकार बिच समन्वय गर्ने उद्देश्यले स्थापित जिल्ला समन्वय समितिलाई संविधानले दिएका दायराभित्र रहि प्रभावकारी काम गर्न अभिमुखिकरण फलदायी हुने गरे ।

अधिकारीले प्रदेश सरकारले समन्वय समितिका काम प्रभाबकारी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कानुन निर्माण लगायतका विषयमा सरकार सक्रियताले लाग्ने बताए ।

जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाधर पौडेलले अनुगमन र समन्वयका काम प्रभावकारी रूपले सम्पन्न गर्न अभिमुखिकरण आयोजना गरिएको भन्दै दक्षता बढाउन सहयोगी हुने विश्वाश व्यक्त गरे ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले समन्वय संरचना जिवन्त र कार्य वातावरण सहज बनाउन विभिन्न समयमा अभिमुखिकरण आवश्यक हुने बताए ।

“जिल्ला समन्वय समितिको अधिकार,भूमिका र जिम्मेवारी “विषयक एक दिने अभिमुखिकरण कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव सोमलाल सुवेदी र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहजीकरण गरेका थिए ।

कार्यक्रमको पहिलो चरणमा गण्डकी प्रदेशका एघार जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख ,उप प्रमुख र दुई जना सदस्य गरि करिब ५० जनाको सहभागिता रहेको जनाइएको छ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको संचालन प्रतिष्ठानका शाखा अधिकृत बाबुराम न्यौपानेले गरेकाे जिसस महासंघ गण्डकीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्