सिद्धवराह मन्दिरको प्राङ्गणमा १०८ फूट अग्लो हनुमानको मूर्ति निर्माण निर्माणार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश रामदाम/पोखरा । सिद्धवराह तपोवन संन्यास आश्रममा यही वैशाख १७ गतेबाट २३ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ ।

पोखरा महानगर पालिका वडा नम्बर २३ मा रहेको सिद्धवराह मन्दिरको प्राङ्गणमा निर्माणाधिन १०८ फूट अग्लो हनुमानको मूर्ति सु-सम्पन्न लागि महायज्ञको आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन गरि महायज्ञ आयोजक समितिले जनाएको छ । हनुमानको मूर्ति स्थापनाले धार्मिक पर्यटकहरुको प्रबर्द्धन मार्फत यस क्षेत्रको सर्वाङ्गिण विकासको लक्ष्य राखेको तपोवन सन्यास आश्रमका उपाध्यक्ष भेषराज पराजुली बताए ।

आश्रमका महासचिव हरिलाल पौडेलले २०७५ सालमा महायज्ञ गरि १८ लाख रुपैयाँ आम्दानी हुदा ८ लाख खर्च भएको बताए । बचतबाट संस्कृत पाठशाला र जेष्ठ नागरिक मिलन केन्द्र सन्चालन गरेको र भौतिक संरचना निर्माण गरेको बताए ।

मुल आयोजक समितिको संयोजक तथा श्री सिद्ध बराह मातृशक्तीका अध्यक्ष सुर्य देवि कुवरले पोखरा भित्रकै र पोखराको शहरी क्षेत्रबाट केही पर भएर पनि विकट बनेको यस क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रका रूपमा प्रचारप्रसार गर्न सन्चारमाध्यमहरुलाई अनुरोध गरिन ।

प्रचारप्रसार समितिको संयोजक सुर्य प्रसाद भण्डारीले विभिन्न विभिन्न ऋषि- मुनिहरुको तपोभूमि, ज्ञानभूमि पवित्र तीर्थस्थल तथा धार्मिक क्षेत्रलाई धार्मिक पर्यटकिय गन्तव्यका रुपमा बिकास गर्न महायज्ञको महत्त्वपूर्ण भुमिका हुने अपेक्षा लिएको बताए ।

१०८ फुट अग्लो हनुमानको मुर्ति स्थापनाको डिपिआर सम्पन्न गर्दा झन्डै ८०/८५ लाख खर्च भइसकेको र सम्पन्न गर्न ६ करोड लाग्ने अनुमान गरिएको आश्रमका उपाध्यक्ष पराजुलीले बताए ।

आगामी आईतवारदेखि सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ विहान ७ बजे कलश यात्राबाट सुरु हुने छ । नित्य पूजा तथा पाठ पारायण विहान ७ बजेदेखि १० बजेसम्म कथा बाचन ११ बजेदेखि ५ बजेसम्म र सन्ध्या कालीन भागवत महात्म्य तथा अजन कीर्तन साँझ ७ बजेदेखि ९ बजेसम्म हुने छ ।

कथा वाचनमा महाराजश्रीका कृपापात्र कथा वाचक भागवत परिकर श्री नारायण प्रसाद देवकोटा ज्यूका मुखार विन्दुबाट हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्