फिर्के खाेलाकाे वेसलाईनबाट उठाईएकाे रिटेरिङ्ग वाल महानगरले भत्कायाे (फाेटाे र भिडियाे)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । अधेँरीकुनामा फिर्के खाेलाकाे वेसलाईनबाट नै उठाईएकाे रिटेरिङ्ग वाल महानगरले डाेजर लगाएर भत्काएकाे छ ।

पाेखरा महानगरपालिका वडा नम्वर २ र १८ काे सिमानामा पर्ने अधेँरीकुनाकाे वेसीमार्गस्थित फिर्केखाेलामा स्थानिय भवानी पराजुलीले लगाएकाे वाल महानगरले मंगलवार डाेजर लगाएर भत्काएकाे हाे । पराजुलीले फिर्के खाेलाकाे मापदण्ड मिचि फिर्के खाेलाकाे वेसलाईनबाट नै ३ फिट उचाई र २५ मिटर लामाे वाल लगाएका थिए ।

फिर्केखाेलाकाे मापदण्ड मिचि वाल बनाईएकाे छ भन्ने आईतवार महानगरमा नागरिक समाजबाट परेकाे निवेदन उपर छानविन गरि सत्यतथ्य बुझ्दा फिर्केखाेलाकाे
मापदण्ड मिचि वाल लगाएकाे पाईएकाेले महानगरले निर्माण कार्य राेक्न र अनुमति लियर मात्र निर्माण कार्य अगाडि बढाउन अनुराेध गरेकाे थियाे ।

तर, महानगरकाे अनुराेधलाई वेवास्ता गरी भवानी पराजुलीले वाल लगाउने काम जारी राखेकाेमा मंगलबार विहान १० वजे नगर प्रहरीले निर्माणकाे काम राेक्का राखि निर्माण सामाग्री ( वेल्चा, ठुलाे घन, गैची, काेदाली) नियन्त्रणमा लिई काम राेक्न निर्देशन दिएर फर्केकाे नगर प्रहरी प्रमुख पुरुषाेत्तम थापाले बताए।

पटक पटककाे अनुराेधलाई अटेर गरी पराजुलीले पुन: वाल लगाउने काम नराेकेकाे हुदा बाध्य भएर नगर प्रहरी, नेपाल प्रहरी लगायकाे उपस्थितिमा उक्त वाल डाेजर लगाएर भत्काईएकाे नगर प्रहरी प्रमुख थापाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्