हेमजा ।
पाेखरा २५ हेमजामा रहेकाे गाैरीशंकर आधारभूत विद्यालयलाई देवीस्थान सेवा समाज हेमजाले २५ हजार रुपैयाँ सहयाेग गरेकाे छ ।
विद्यालयकाे कक्षा ४ र ५ मा चलिरहेकाे कम्प्युटर विषयकाे सिकाईलाई प्रभावकारी बनाउन समाजले १ थान कम्प्युटर खरिदकाे लागि २५ हजार रुपैयाँ सहयाेग गरेकाे हाे ।
आईतवार समाजका अध्यक्ष पं. हरिशरण पौडेल सहितकाे समाजकाे टाेलीले विद्यालयका प्रधानाध्यापक डिल्लीराम तिम्सिना र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण बहादुर कुँवरलाई २५ हजार रुपैयाँकाे चेक हस्तान्तरण गरेका हुन् । विद्यालयमा अहिले एउटा मात्र कम्प्युटर उपलव्ध छ ।
सहयाेग हस्तान्तरण कार्यक्रममा देवीस्थान सेवा समाजका अध्यक्ष पौडेलले विद्यालयमा कम्प्युटर विषय थप गरि समयसापेक्ष विद्यार्थीलाई सबल बनाउने कोशिस गरेकाेमा विद्यालय व्यवस्थापनलाई धन्यवाद दिदै सहयोग गर्ने अवसर पाएकाेमा खुसी व्यक्त गरे ।
विष्णुपादुका देवीस्थान टोल विकास संस्थाका अध्यक्ष तथा विद्यालयका शिक्षक अभिभावक संघका सदस्य कृष्णमान श्रेष्ठले मुनाफाका लागि खोलिएका निजी विद्यालय भन्दा नेपाल सरकारद्वारा ठूलो बजेट खर्च गरिएका विद्यालयमा शैक्षिक गुणस्तरमा ह्रास आएका कारण विद्यार्थी कम हुनु दुखत भएकाे बताए ।

उनले गौरीशंकर आधारभुत विद्यालयले विद्यार्थीकाे शिक्षामा कुनै निजी विद्यालय भन्दा कमजोर हुन नदिन अंग्रेजी माध्यमबाट शिक्षा र कम्प्युटर विषय थप गरेकोले विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनप्रति आभार व्यक्त गरे ।
देवीस्थान सेवा समाजका संस्थापक अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति सदस्य विष्णुप्रसाद तिम्सिनाले आगामी दिनहरूमा पनि व्यक्तिगत र संस्थागत रुपमा सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण बहादुर कुँवरले देवीस्थान सेवा समाजलाई धन्यवाद दिदै निजि विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर बढाएर सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन ल्याउने वातावरण बनाउन प्रयत्नशिल रहने बताए ।
२०४६ सालमा स्थापना भएकाे यस विद्यालयमा अहिले ५७ जना विद्यार्थी अध्ययनरत छन् भने कक्षा ४ र ५ मा १९ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ५ जना स्थायी , १ जना अस्थायी शिक्षक/ शिक्षिका र १ जना परिचालिका कार्यरत छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण बहादुर कुँवरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक डिल्लीराम तिम्सिना र सञ्चालन विद्यालयकी कम्प्युटर शिक्षिका ईन्दु पुनले गरेकी थिईन् ।










