पाेखरामा सवारी दुर्घटना:शनिवार मात्र ६ जना घाईते

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

राधा ढकाल /पोखरा । शनिवार पोखरामा भएका छुट्टाछुट्टै दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

ग १९ प ६०६८ नम्बरको मोटरसाईकल बिहान ५ः४५ बजे बुलौंदी खोलामा रहेको बिजुलीकाे पोलमा आफैं ठोक्किएर दुर्घटना हुँदा मोटर साईकलमा सवार दुई जना घाईते भएका छन् ।

घाईते हुनेमा मोटरसाईकल चालक स्याङ्जा फेदिखोला ९ का ३७ वर्षीय कुलदिप गुरुङ र पोखरा १७ बस्ने २२ वर्षिय संगम मगर रहेका छन् ।

उनीहरुको मेट्रोसिटीमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी बरिष्ठ नायब निरिक्षक शिव पाठकले जानकारी दिए ।

यस्तै सोहि स्थानमा साँझ ६ बजे तिर पुन दुर्घटना भएको छ । जिरो कि.मी बाट हल्लनचोक जाँदै गरेको गण्डकी बि ए ए ०४२५ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आएकाे ग १६ प ४८२१ नम्बरको मोटरसाइकलले बुलौदीमा युटर्न गर्दा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि मोटरसाइकलमा सवार दुई जना सामान्य घाइते भएका छन् ।

आजै पोखरा २५ हेमजाबाट हरिचोक तर्फ गईरहेकाे ग ५ प ८०२ नम्बरको मोटरसाईकल र सोहि दिशाबाट गुडिरहेकाे ग २३ प ६४८९ नम्बरको स्कुटर एकआपसमा ठोकिएर दुर्घटना भएको छ ।

दुर्घटनामा माेटरसाइकल चालक र स्कुटर चालक दुई जना घाईते भएका छन् ।

घाइतेहरुको फिस्टेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्