
पाेखरा । पाेखरा २१ मा मध्यरातमा जुवातास खेलिरहेका १६ जना पक्राउ परेका छन् ।
गएराति अन्दाजी ०१:३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२१ निर्मलपोखरी मैदानमा जुवा (कौडा) खेलिरहेका १६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा पाेखरा ३३ भरतपोखरी बस्ने वर्ष ३८ का सन्तोष गुरुङ, पाेखरा ३३ बस्ने वर्ष ४६ को राम के.सी. , पाेखरा ६ बस्ने वर्ष ३६ को संजिब अधिकारी, पाेखरा ६ बस्ने वर्ष ४० को राम ढकाल, पाेखरा ६ बस्ने वर्ष ६४ को बिर बहादुर लामिछाने, पाेखरा ६ बस्ने वर्ष ४० को मोहन बहादुर गुरुङ, पाेखरा १७ बिरौटा बस्ने वर्ष ४० को प्रकाश पोख्रेल, पाेखरा १७ बिरौटा बस्ने वर्ष ४६ को कृष्ण प्रसाद भण्डारी, पाेखरा १७ बिरौटा बस्ने वर्ष ३० को कुमार भण्डरी,
पाेखरा १७ बिरौटा बस्ने बर्ष ३८ को गौतम गुरुङ, पाेखरा २१ कृष्ती बस्ने वर्ष ४८ को होम बहादुर रानाभाट, पाेखरा २१ कृष्ती बस्ने बर्ष ४० को टंक बहादुर कार्की, पाेखरा २१ कृष्ती बस्ने बर्ष २३ को अनिष श्रेष्ठ, पाेखरा १० अम्मरसिंह बस्ने वर्ष ६३ को मिन बहादुर बरुवाल, पाेखरा ३३ गैरागाउ बस्ने वर्ष ३३ को रामचन्द्र आचार्य र पाेखरा १७ बिरौटा बस्ने वर्ष ४० को जिवन शाही रहेका छन् ।
पक्राउ परेकाहरुबाट प्रहरीले नगद ५,०५,०६५।– (अक्षरुपी पाँच लाख पाँच हजार पैसठ्ठी रुपैयाँ) र १६ थान कौडा बरामद गरेकाे छ ।
पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।