गाँजासहित समातिए चार जना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । लागूऔषध गाँजासहित ४ जनालाई कास्की प्रहरीले पाेखराका विभिन्न ठाउँबाट पक्राउ गरेकाे छ । मंगलवार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएकाे प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.१४ नयाँपुलबाट दुई जनालाई पक्राउ गरेकाे हाे ।

 पक्राउ पर्नेमा धादिङ घर भइ हाल पोखरा म.न.पा. वडा नं.९ पृथ्वीचोक बस्ने वर्ष १९ को आशिष थापा मगर र साेही ठाउँकाे वर्ष २० को पुर्ण तामाङ रहेका छन् ।

उनीहरुकाे साथबाट प्रहरीले १ किलो ५०० ग्राम लागूऔषध गाँजा बरामद गरेकाे छ ।

यसैगरी मंगलवार नै  प्रहरी कार्यालय बगर र वडा प्रहरी कार्यालय रामबजारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले

पोखरा महानगरपालिका वडा नं ४ कोईरालामार्गबाट दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा पोखरा म.न.पा. वडा नं. ०४ कोईरालामार्ग बस्ने वर्ष ३५ को बिरु परियार र जिल्ला पर्वत जलजला गा.पा. वडा नं.०९ बनौ बस्ने वर्ष २६ को बिनोद पुन रहेका छन् । उनीहरुकाे साथबाट प्रहरीले १ किलो ४८० ग्राम लागूऔषध गाँजा वरामद गरेकाे छ ।

पक्राउ परेका चारै जनालाई कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी मुद्दामा पन्ध्र (१५) दिन म्याद थप गरी  अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्