१७ वर्षका युवाले पाेखराबाट बस चाेरेर चितवन पुर्याए, प्रहरीद्वारा पक्राउ 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । बस चोरीको अभियोगमा १७ वर्षका युवालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राती पोखराबाट चितवनतर्फ लैजादै गरेको बससहित बस चलाउने तनहुँ म्याग्दे गा.पा. वडा नं.३ बस्ने १७ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको हो ।

 पोखर ९ पृथ्वीचोकस्थित पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस चोरी भएको भन्ने सूचनाका आधारमा खाेजतलास गर्दा  निजले चलाउँदै लगिरहेको अवस्थामा  भरतपुर म.न.पा. वडा नं. ११ आँपटारी स्थितबाट चितवन प्रहरीले बससहित युवकलाई पक्राउ गरेकाे हाे ।

 पक्राउ परेका युवालाई जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्