
पाेखरा । ड्युटीमा रहेका नगर प्रहरीलाई अभद्र व्यवहार गर्ने गोविन्द प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेकाे छ ।
आईतवार दिउँसाे अन्दाजी १:३० वजे पाेखरा ४ महेन्द्रपुल स्थित सार्वजनिक स्थानमा सडक पेटीमा रहेका व्यापारिक प्रयोजनको सामाग्रीहरु हटाउने क्रममा पोखरा महानगरका प्रहरी निरीक्षक पुरुषोत्तम थापालाई अभद्र व्यवहार गर्ने पाेखरा ४ गैह्रापाटन वस्ने रेनुका स्टोरका सञ्चालक ४५ वर्षीय गोविन्द प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ परेका घिमिरेले आफूलाई अपशव्द प्रयोग गरी गालिगलौज गरेको र हातपात समेत गरेको हुदाँ कारवाही गरी पाँउ भनी जिल्ला प्रहरी कार्यालयमा नगर प्रहरी थापाले दिएकाे जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टोलीले निजलाई पक्राउ गरेकाे हाे ।
पक्राउ परेका घिमिरेलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता बिरुद्धको कसुर (अभद्र व्यवहार) मा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ।