आज बाला चर्तुदशी: धार्मिक स्थल पञ्चासेमा दर्शनार्थीकाे भीड

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । आज बाला चतुर्दशी पर्व कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा बाला चर्तुदशीमा दर्शनार्थीकाे भीड लागेकाे छ । पवित्र धामकाे रुपमा मानिने पञ्चासेमा वर्षेनी बालाचर्तुदशीमा सतविज छर्ने दर्शनार्थीकाे भिड लाग्ने गर्दछ ।

खुलेकाे हिमालले  दर्शनार्थीलाई आकर्षण गरेकाे छ । विशेष गरि बाला चर्तुदशीमा स्याङजा, कास्की,पर्वत, तनहुँ लगायतका छिमेकी जिल्लाबाट पनि दर्शनार्थीहरु सतविज छर्न पञ्चासे पुग्ने गर्छन् ।

धार्मिक स्थलका रुपमा प्रख्यात पञ्चासे मन्दिर पुग्न उकालाे पैदलमार्ग जानुपर्ने भए पनि दर्शनार्थीहरु बाटाे-बाटाेमा प्राकृतिक साैन्दर्य र मनमाेहक हिमालका दृश्यहरुसँगकाे तस्वीर र भिडियाे कैद गर्दै हिड्छन्, भने अन्तिम गन्तव्य पञ्चासे मन्दिर पुगेपछि त्यहाँकाे रमणीय र लाेभलाग्दा दृश्यले सबै थकान मेटिएकाे आभास गर्छन् ।

पञ्चासे क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण त छ नै, यस बाहेक यहाँ पाइने सयौँ प्रकारका जडीबुटीहरू, पोखराको लाइफ लाइनका रूपमा रहेको फेवातालको प्रमुख स्रोतका रूपमा समेत मानिन्छ ।

पञ्चासे क्षेत्र धार्मिक पर्यटन र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र हाे । यसको संरक्षण, विकास र प्रवद्र्धनमा सबै जुट्नु आवश्यक छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्