धर्म संस्कृतीकाे रक्षार्थ पोखरामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

धर्म संस्कृतीकाे रक्षार्थ पोखरामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

सम्पुर्ण सनातनि धर्म तथा विभिन्न धार्मिक संघ संस्थाहरु तथा समग्र पोखरावासीको आयोजनामा बैशाख १ देखि १० गतेसम्म पोखराको प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने आइतबार पोखरा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

  नेपाल सन्त समाजका अध्यक्ष तथा  पिठाधिस हरिहर आश्रमदेवघाट धामश्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले सामान्य सर्वसाधारण विपन्न जो कोहिले पनि  सहजै कर्ता बस्न पाउने सबैलाई समान अवसर र  अपनत्व हुने गरि यो महायज्ञ गर्न लागेको बताए ।

महायज्ञ  शुभारम्भ २०८१ बैशाख १ गते देवघाट धाम स्नान तथा महासङ्कल्प हुने २ गते उद्घाटन हुने र ९ गतेसम्म भागवत हुने १० गते समापन गरिने उनकाे भनाई छ ।  उनले विधिवत लक्ष होमन दैनिक विहान ७:३० बाट १२:३० वजेसम्म हुने जानकारी दिए ।

 यसैगरी केदारेश्वर पिठाधिस चिद्घन चैतन्य महाराजले यो महायज्ञ धर्म संस्कृतिको रक्षाका लागि  ठुलो बल पुग्ने बताए ।

   पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले महायज्ञबारे पत्रकार महासंघमा पत्रकार भेटघाट मात्रै नभएर पिठाधिस महाराजको उपस्थितिले महासंघ पवित्र भएको वताउँदै महायज्ञ समग्र हिन्दु धर्म संस्कृति परम्पराको रक्षाका लागि गर्न लागेकोमा खुसि व्यक्त गर्दै यसका लागिआफु महासंघको तर्फबाट  निरन्तर सहयोग रहने बताईन् ।

  विश्वहिन्दु महासंघ सह-अध्यक्ष शङ्कर खरालले   विगतमा गरिने महायज्ञ अर्थ सङ्लनका लागि मात्रै हो कि जस्तो देखिने चन्दा सहयोगका लागि मात्रै महायज्ञ भएजस्तो देखिदै आएकोमा यो महायज्ञ भागवत गिता  विशुद्द मोक्ष प्राप्तिका  लागि मात्रै भएको हुदा सर्वसाधारणहरु समेत सहजै  उपस्थिति हुने बताए ।

सात दिन सम्म निरन्तर पाठ पारायण,प्रवचन एवम श्रवण गरेमा अभिष्ट प्राप्ति र पितृ मोक्ष हुने  पतञ्जलि योगा गण्डकी प्रदेश संगठन मन्त्री तथा विश्व हिन्दु महासंघका कोषाध्यक्ष तथा  महायज्ञ  संयोजक लक्ष्मण पौडेलले बताए । उनका अनुसार महायज्ञमा देशभरिका सन्त महन्त पीठाधीषहरुको उपस्थिति हुनेछ । सप्ताह ज्ञान महायज्ञबाट बचत हुने रकम वैदीक गुरुकुलहरुको संचालनमा सहयोग गर्ने उनले बताए ।

मुलुक धर्म, संस्कार र संस्कृतिप्रति गम्भिर रहँदै आफुहरुले उक्त महायज्ञ कार्यक्रम तय गरेको उनले बताए । धर्मसंस्कृति माथि अतिक्रमण प्रति सजग रहँदै धार्मिक तथा सामाजिक जगतलाई सदभाव र एकताको सन्देश  प्रवाह गर्न महायज्ञ आयोजना गरिएको उनकाे भनाई छ।

अन्योलबाट गुज्रिदै गरेको विषम् परिस्थितिमा अनेकौ वाद दर्शन र विचारहरुले दिग्भ्रमित पारिरहेको अवस्थामा यस्ता महायज्ञ कार्यक्रमले संरक्षण गर्ने उनकाे विश्वास छ । महायज्ञमा योगाभ्यास, भागवत् पाठ पारायण, कथा प्रवचन, आरती पुष्पाञ्जली, प्रसाद ग्रहण, कर्ता भोजन, भजन कितर्न लगायतका कार्यक्रम गरिनेछ ।

लोक कल्याणर्थ सत्कर्मबाट नयाँबर्षको प्रारम्भ गर्ने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरिएको संयोजक पौडेलकाे भनाई छ ।

महायज्ञमा सन्त समाज नेपालका अध्यक्ष हरिहर सन्यास आश्रम देवघाटका पीठाधीष अनन्त श्री विभूषित ज्ञानान्द सरस्वती महाराजबाट प्रवचन हुने संस्थाका बरिष्ट उपाध्यक्ष हिक्मत बहादुर कुँवर क्षेत्रीले जानकारी दिए ।

कार्यक्रममा ज्योतिष पत्रकार महासंघ अध्यक्ष बलाराम उपाध्याय, सहसंयोजक महेश पराजुली,महासचिव सूर्यभक्त सिग्देल,कोषाध्यक्ष मोहनप्रसाद अधिकारी, सचिव नगेन्द्र शर्मा भण्डारी, नदेन्द्र रानाभाट र सह कोषाध्यक्ष संगिता तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्