नेपाली कांग्रेसको चौधौं महाधिवेशन र महिला नेतृत्वबारे बृहत छलफल

  • ख-
  • ख+


काठमाण्डौ, २० कार्तिक ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशनको आयोजनामा नेपाली कांग्रेसको चौधौं महाधिवेशन र महिला नेतृत्वबारे नेपाली कांग्रेसका महिला केन्द्रिय सदस्यहरुबीच महत्वपूर्ण भर्चुअल छलफल कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

फाउण्डेशनका अध्यक्ष एवं पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री माननिय सुजाता कोईरालाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सहभागी केन्द्रिय महिला नेताहरु बिचमा साझा निष्कर्ष निकालिएको छ ।

नेपाली कांग्रेसले महिला सहभागिताको लागि कम्तिमा ३३ प्रतिशत महिलाहरुलाई क्रियाशिल सदस्यता बनाउनै पर्ने, केन्द्रदेखि पार्टिको तल्लो निकायसम्म रहेका आठ वटै संरचनामा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने, महिला माथिको हिंसा, बलात्कार र हत्याको घोर भत्र्सना गर्दै दोषीलाई कारवाही र पिडितलाई न्याय दिलाउनका लागि सरकारको ध्यानाकर्षण गराउने बिषयमा गम्भिर छलफल भएको अध्यक्ष सुजाता कोईरालाले बताईन ।

उक्त छलफलमा बोल्दै महिला केन्द्रिय सदस्यहरुले सरकारले बहुमतको आधारमा संविधान मिच्ने, संघिय लोकतान्त्रिक गणतन्त्रलाई नै स्विकार नगर्ने, संवैधानिक निकाय माथिको हस्तक्षेप गर्ने कुरा कुनै पनि हालतमा स्विकार्य नहुने,.बर्तमान समयमा कोरोनाको महामारी बढिरहेकोले निशुल्क रुपमा स्वास्थ्य परिक्षण र उपचार सरकारले गर्नुपर्ने बताएका छन् ।

कोभिड १९ का कारण बिश्वभरि परेको असरसँगै नेपालमा गरिब निमूखा, दैनिक ज्याला मजदुरी गरेर जिवनयापन गर्ने बर्गको अबस्थालाई मध्यनजर राखि जारी राखिएको निशुल्क रुपमा खाना खुवाउने अभियानलाई रोक्नुपर्ने भनी सरकार र काठमाण्डौ महानगरपालिकाले दिएको अभिब्यक्ति मानवता बिरोधी भएको हुँदा यस कार्यलाई तत्कालै रोक्नुपर्ने कुरामा समेत जोड दिईएको छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस पार्टि कोषाध्यक्ष तथा पूर्व मन्त्री सितादेवी यादव ,नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु डा.डिला संग्रौला, पुष्पा भूसाल, कमला पन्त, रत्ना शेरचन, किरण यादव, सिता गुरुगं, सुजाता परियार लगायतका केन्द्रिय नेताहरुले आफ्नो बिचार राखेका थिए ।

जिपी कोईराला फाउण्डेशनले केहि दिन अघि मात्र नेपाल महिला संघका जिल्ला सभापतीहरुसँग समेत बृहत भर्चुअल छलफल कार्यक्रम सम्पन्न गरेको फाउण्डेशनका आ.केन्द्रिय सदस्य बिमला भण्डारीले जानकारी दिईन ।

आगामी महाधिवेशनमा महिलाहरुको अर्थपूर्ण सहभागिता बढाउनका लागि यस्ता छलफल कार्यक्रम कोषेढुंगा सावित हुने जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्