कास्की आदर्श समाजद्वारा अदालतलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्कीबाट विभिन्न देशमा रेहका कस्केलीहरुको संस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय समिति सामाजिक सेवाका लागि अब्बल मानिएको संस्था हो । संस्थाले शिक्षा, स्वास्थ्य तथा आपतविपद्को बेलामा अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको छ ।

समाजले यतिबेला विभिन्न ठाउँमा गरिएको सहयोगकाे बारेमा अनुगमन तथा भेटघाट र छलफलका कार्यक्रमलाई निरन्तरता दिईरहेको अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष हंशराज ढकालले बताए ।

समाजले भदौ २३ र २४ गतेको जेन्जि विद्रोहको क्रममा क्षती पुगेका अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरुको निरिक्षणको क्रममा कास्की जिल्ला अदालतको सेवा संञ्चालनमा सहयाेग हाेस् भन्ने हेतुले आईतबार कम्प्युटर, प्रिन्टर सहयोग हस्तान्तरण गरेको छ ।

सो सामग्री समाजका प्रमुख संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि गोपीकृष्ण काफ्ले, अध्यक्ष ढकाल, उपाध्यक्ष मान बहादुर कुँवर, प्रमिला वराल, संरक्षक वलराम सापकोटा, रवीना थापा लगायले न्यायाधिश हिमलाल बेलबासेलाई हस्तान्तरण गरेका हुन् ।

समारोहमा कोषाध्यक्ष विश्वज्योती सुवेदी, नेपाल च्याप्टरका विश्ववन्धु थापा, शिवराज अधिकारी, हरिबहादुर ढकाल, सञ्चारकर्मि, क्षत्री समाज नेपालका महासचिव कृष्ण बहादुर थापा, तीर्थ केसी लगायतकाे सहभागिता रहेको थियो ।
समारोहमा बोल्दै कास्की जिल्ला अदालतका न्यायाधिश हिमलाल बेलबासेले संस्थाको “आदर्श समाज” जस्तो नाम, उस्तै काम भन्दै सह्राना व्यक्त गरे ।

अदालतका भौतिक संरचना र पूर्वाधार तयार नभईसकेको अवश्थामा समाजको संस्थागत सहयोगले जनताको सेवालाई अगाडी बढाउन मद्यत सहयाेग पुग्ने बताए । समाजमा न्याय व्यवस्था सुदृढ भयो भने न्याय र आर्थिक गतिविधि राम्रो हुन्छ, न्यायाधिश बेलबासेले भने, हामी सधैं निश्पक्षतामा रहिरहने छौं ।

समाजका अध्यक्ष हंशराज ढकालले जेन्जि विद्रोह पछिको अवश्थालाई मध्येनजर गरेर अदालतको सेवामा सहयोग पुगोस् भनेर कम्प्युटर र प्रिन्टर संस्थागत निर्णयपछि हस्तान्तरण गरेको बताए ।

सो अवसरमा उनले विदेशमा बसेर कमाएको रकम हामीले छाक कटाएर कोष बनाएको र सोहि कोषबाट शिक्षा, स्वास्थ्य तथा आपतविपद् परेका क्षेत्रहरुमा आवश्यक्ता अनुसार सहयोग गर्दै आएको बताए ।
कार्यक्रमको सञ्चालन समाजकी सचिव सरस्वती सिग्देलले गरेकी थिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्