निर्देशक दिपेस सापकोटाको दमदार कमब्याक; बिश्व र अस्मिताको स्वरमा नयाँ गीत

  • ख-
  • ख+

युरोप र सिङ्गापुरमा फिल्म मेकिङ पढेर फर्केका निर्देशक दिपेस सापकोटा ‘आकासैको छानो मुनि बासाउँ एक सहर’ बोलको गीत निर्देशन गरि ओजपुर्ण ‘कमब्याक’ गरेक छन्।

टेस्ट गरम, भन के छ बन्दोबस्त, कोरेर मेरो चित्र लगायत दर्जनौं हिट गीत दिइसकेका गायक बिश्व नेपालीलाई यो गीतमा अस्मिता परियारले स्वरमा साथ दिएकी छिन्।

सम्भ्रान्त परिवारका युवा युवतीको प्रेम जिवनलाई फ्रेममा उतारेको निर्देशक सापकोटा बताउँछन्। गीतलाई उत्कृष्ट बनाउन करिब एक हप्ता लगाएर सुटिङ गरिएको सापकोटाले जानकारी दिए।

नेपाली कलाकारीतामा कोभिड १९ को प्रभावसंगै ब्यवसायिक सफलता लिन गाह्रो भएको अवस्थामा ट्री इन्टरटेन्मेन्टले १२ लाख लगानी गर्नु उत्साहप्रद रहेको सापकोटाले बताए। मदानी क्रीएसनले प्रोडक्सन गरेको गीतको ‘लोकेसन’ र ‘प्रपर्टी’ले गीतको गरिमा बढाएको छ।

गीतमा १९६६ मोडलको मस्टङ कार देख्न सकिन्छ। जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीजका प्रवन्ध निर्देशक राजबहादुर शाहको सो ‘भिन्टेज’ कारले भिडियोको ओज बढाएको छ। शाह क्लासिक कारको सङ्ग्रहमा सौख राख्छन्।

गीतको सुटिङ विभिन्न उत्कृष्ट गन्तव्यमा गरिएको छ। प्रभु हेलिकप्टर सँगको सहकार्यमा गीतको केही सिन हेलम्बुको मेलम्ची गाउँमा खिचिएको छ। होटल साम्बालाको रुफटप स्विमिङ पुलको सुर्यास्तको मनमोहक दृश्यले गीतमा सौन्दर्य बढाएको छ। बबरमहल रिभिजिटेड, याक एण्ड यति होटल, रिगल स्टुडियो लागायतका स्थानमा समेत गीतको सुटिङ गरिएको छ।

कानुनको विद्यार्थी रोचक जोशी यो भिडियो मार्फत डेब्यु गरेका छन्। कानुनसँगै एभरेस्ट फिल्म एकेडेमीमा कलाकरिताको अद्ययन गरिरहेका रोचकको अभिनय र काम प्रतीकको लगाबले गर्दा उनलाई अर्को भिडियोका लागि समेत अनुभन्धित गरिसकेको निर्देश सपाकोटले बताए।

बलिउडमा संघर्षरत नेपाली मोडल मुना गौचन लामो समय पछि नेपाली भिडियोमा कमब्याक गरेकी छिन। विभिन्न बिज्ञापन, म्युजिक भिडियो र केही फिल्ममा सहायक भुमिका गरेकी गौचन पछिल्लो समय मुम्बाइ बसेर आफ्नो कलाकरीता अगाडी बढाइरहेकि छिन्।

सङ्गीत निर्देशक आनन्द राई रहेको गीतको सङ्गीत सम्योजन गोपाल रसाइलीले गरेका छन्। गीतको शब्द डा. राजुबाबु श्रेष्ठले लेखेका हुन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्