पाैष ४ गते मदन भण्डारी फाउण्डेशनकाे विचार गाेष्ठी

  • ख-
  • ख+

पाेखराा । मदन भण्डारी फाउण्डेशन पोखरा १० ले आफ्ना सदस्य तथा शुभचिन्तकहरुको बिचमा पाैष ४ गते शनिबार विचार गाेष्ठीकाे आयाेजना गर्ने भएकाे छ ।

फाउण्डेशन पाेखरा १० का अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा बसेकाे एक भेलाले उक्त कार्यक्रमकाे आयाेजना गर्ने याेजना तय गरेकाे हाे ।

भेलामा पाेखरा १०,११,१२,१४ र १५ का फाउण्डेशनका अध्यक्ष र सचिवहरुकाे भेलाले उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्ने याेजना समेत बनाएकाे छ ।

बिचार गाेष्ठी बिशेष गरि नेपालकाे कम्युनिष्ट आन्दोलनमा देखिएका समस्य चुनाैती र समाधानका उपाय सम्वन्धी विषयमा बहस हुने आयाेजकले जनाएकाे छ ।

याे कार्यक्रमले अहिले देखा परेका समस्यहरुकाे बारेमा कार्यकर्ताहरुकाे बिचमा छलफल गर्नेछ ।

पोखरा १० स्थित कान्तिपुर पार्टी प्यालेसमा हुने सो कार्यक्रममा गण्डकी प्रदेशका नेकपा रका नेता हरुले सम्बोधन गर्ने मदन भण्डारी फाउण्डेशन पाेखरा १० का सचिव कमल बस्नेतले बताए।

कार्यक्रममा विशेष गरि समृद्ध नेपालको नारा, सरकारका काम,कार्य शैली, पार्टी विवाद र समाधानका बारेमा पनि चर्चा हुने बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्