१० रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मुल्य

  • ख-
  • ख+

काठमाडौँ, १९ चैत । एसीयाली बजारमा तेलको मुल्य घटेको केही घण्टामै नेपालमा पनि पेट्रोल तथा डिजेलको मुल्य घटेको छ ।

नेपाल आयल निगमले पेट्रोल र डिजेलको प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाएको हो । आज राति १२ बजेदेखि लागू हुने मुल्य घटाइएको हो।

काठमाडौँ उपत्यकाभित्र अब पेट्रोलको मुल्य प्रतिलिटर ९६ र डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ८५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइ मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ ।

बाह्य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०.९५ डलर कायम गरिएको छ भने खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्