रुपा ६ काे नेवि संघमा सुमन सुवेदी

  • ख-
  • ख+

पोखरा । कास्की क्षेत्र नम्वर १ काे रुपा गाउँपालिका वडा नम्वर ६ मा नेपाली काङ्ग्रेस निकट संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) काे सभापतिमा सुमन सुवेदी चयन भएका छन् । बुधवार एक कार्यक्रमबिच सुवेदीकाे सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको हाे ।

जसकाे उपसभापतिमा प्रदिप अधिकारी, सचिवमा खिमबहादुर कुमाल, कोषाध्यक्षमा साजन थापा, सहसचिवमा सन्दीप थापा रहेका छन् । यसै गरी अब्दुल मियाँ, रेणु मगर, दिलिप गुरुङ, विष्णु गुरुङसहित १५ सदस्य रहेका छन् ।

कार्यक्रममा कास्की क्षेत्र नम्बर १ का नेवि संघ सभापति सागर रानाभाटले गुट, उपगुटको प्रत्यक्ष छायाँमा पर्दा गौरवशाली विद्यार्थी राजनीति संकटमा परेको बताए ।

उनले वर्तमान समस्याको समाधानभन्दा पार्टी र भातृ संस्था बिचको अलोकतान्त्रिक नेतृत्वप्रति युवा विद्यार्थी डटेर सामना गर्ने र यो अभियान रुपाबाट सुरु भएको उद्घोष गरे ।

रुपाका सबै गाउँ र स्कुलमा नेविसंघ गठन गर्दै विधि प्रकृया अन्तर्गत रुपामा छिट्टै अधिवेशन गरिने बताउँदै संगठनका अराजक गतिविधिलाई निस्तेज पार्न रुपावासीलाई उनकाे अनुरोध छ ।

अर्का नेता विमान प्रधानले युवा विकल्प कुरेर बस्ने भन्दा आफै विकल्प बन्ने फैसला लिने बेला आएको बताए । उनले नेविसंघमा सिधै पार्टीका नेताहरूको विधि विधान विपरीतको हस्तक्षेपले गाउँ कलेज र स्कुलपिच्छे समानान्तर समिती भएको र संगठन पेण्डुलम बनेको आरोप लगाए ।

नेविसंघ कास्कीका पुर्व सह सचीव राजीव भण्डारीले नेविसंघलाई व्यक्तिको पावर देखाउने भन्दा पनि संगठनको पावर देखाउने संस्था बनाउनुपर्ने बताए ।

`हरेक विद्यार्थीका छुट्टाछुट्टै पार्टीका नेता छन् । नेविसंघलाई गुण्डागर्दी गर्ने ठाउ बनाइयो । नेविसंघले नेविसंघ कुट्ने, अनुहार देख्नै नहुने, बोलचालै गर्न नहुने, यो कस्तो संघ हो ?´ उनले भने । नेविसंघले विद्यार्थी समस्या बुझ्ने र सुल्झाउने उनको भनाई छ ।

रुपा ६ का विनोद ओझाको अध्यक्षतामा बसेको कार्यक्रम नेविसंघ कास्कीका नेता निरोज लामिछानेले सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्