सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा।

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतकोचौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिननिरज तामाङ दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन।

पोखराको हिमालयन गल्फ कोर्समा ४-अन्डर ६५ कोस्कोरमा निरजले पहिलो दिन युवराज भुजेल र भुवन कुमाररोक्कालाई २ स्ट्रोकले पछि पारेका हुन।

२-अन्डर ६७ कोस्कोरमा युवराज र भुवन संयुक्तरुपमा दोस्रो स्थानमा रहेकाछन। धन बहादुर थापा र सञ्जय लामाले १-अन्डर ६८ मा पहिलोदिनको खेल सकाए।

उनीहरू संयुक्तरुपमा चौथो स्थानमारहे। रामे मगर र जयराम श्रेष्ठले छेटौं स्थान बाँडे। उनीहरूलेआज इभन-पार ६९ मा खेल सकाए। प्रदीप कुमार लामा रएमेच्योर सुन्दर राईले १-ओभर ७० मा खेल पुरा गर्दैसंयुक्तरुपमा आठौं स्थानमा रहेका छन।

यस्तै, विष्णु प्रसादशर्मा र एमेच्योर सुरेश तामाङ १०औं स्थानमा रहे। उनीहरुले२-ओभर ७१ खेले। सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल ईस्टर्न ओपनजितेका निरजले पोखरामा पनि सुरूवात राम्रो गरे। उनलेबोगी रहित फ्रन्ट नाइन खेले।

तेस्रो र चौथो होलमा बर्डीप्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि१५औं होलमा एक सट खेर फालेपनि १०औं, १३औं र १६औंहोलको बर्डीले ब्याक नाइन २-अन्डर ३३ मा सकाए।

धरानका अर्का प्रो युवराजले फ्रन्ट नाइनमा १-अन्डर ३३ कोप्रदर्शन गरे। दोस्रो र तेस्रो होलमा बर्डीको सफलतामासुरूवात राम्रो गरे। तर पाँचौं होलमा डबल बोगी खेप्दा सातौंहोलमा बोगीको सामना गरे।

यसपछि आठौं र नवौं होलमाएक-एक सट बचाए। ब्याक नाइन उनले १-अन्डर ३४ मासकाए। १३औं देखि १५औं होलसम्म लगातार तीन बर्डीप्रहार गरे तर १०औं र १८औ होलमा एक-एक सट खेर फाले।

भुवनले तेस्रो र पाँचौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन२-अन्डर ३२ मा सकाए। यसपछि ११औं होलमा डबल बोगीखेपे। १६औं र १७औं होलको बर्डीले ब्याक नाइन इभन-पार३५ मा पुरा गरे। एमेच्योरतर्फ सुन्दर राई १-ओभर ७० सहित शीर्षस्थानमारहेका छन्। उनले सुरेश तामाङलाई एक स्ट्रोकले पछि पारे।सुरेशले पहिलो दिन २-ओभर ७१ स्कोर गरे।

५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८एमेच्योर गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन।प्रतियोगिताको कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ। विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः१ लाख र ७२ हजार प्राप्त गर्नेछन।

शीर्ष २१ मा पर्नेगल्फरहरूले पनि नगद हात पार्नेछन। नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्यनेपाल प्रा.लि. द्वारा प्रायोजित प्रतियोगितामा ३६ होलकोसमाप्तीमा कट लागु हुनेछ। शनिबार प्रो-एम प्रतियोगिताहुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्