आनन्दित गृह नेपालको ज्येष्ठ नागरिक आधारभूत स्याहारकर्ता तालिम सम्पन्न

  • ख-
  • ख+


सुरज श्रेष्ठ, पोखरा । आनन्दित गृह नेपाल पोखराले आयोजना गरेको ४ दिने जेष्ठ नागरिक स्याहारकर्ता आधारभूत तालिम आइतबार सम्पन्न भएको छ ।

बृद्ध बृद्धाको हेरचारमा सहज होस भनेर पोखराको माटेपानीमा रहेको आनन्दित गृह नेपालले बृद्ध आश्रममा कार्यरत २३ जनालाई स्याहारकर्ता आधारभूत तालिम दिएको हो ।

उमेर पुगेका बृद्धहरुले एक्लो महसुुस गर्न नपरोस भनेर नेपालका विभिन्न स्थानमा बृद्ध आश्रमहरु खुलेका छन् ।

आश्रमहरु खुलेको भए पनि त्यहाँ कार्यरत सहयोगीहरु दक्ष नहुदाँ बृद्ध बृद्धाहरुले राम्रो सेवा पाएका छैन । सोही कुरालाई मध्यनजर गरेर आनन्दित गृह नेपालले आश्रममा कार्यरत सहयोगीहरुलाई तालिमको व्यवस्थापन गरेको आनन्दित गृह नेपाल हेप्पी होमका अध्यक्ष डा.यज्ञमान शाक्यले बताउनु भयो ।

वैशाख ९ गते विहिबार बाट संचालन भएको सो तालिम वैशाख १२ गते आईबार सम्पन्न भएको थियो ।

ज्येष्ठ नागरिक स्याहार प्रकृयामा सकारात्मक परिवर्तन ल्याई आमा बुवाहरुको मनो सामाजिक स्वास्थ्य प्रवर्धन गर्न यस्ता तालिमले निकै ठुलो सहयोग पुग्ने हुनाले यस्तो तालिम समय समयमा भई रहनपर्ने तालिमका सहभागीहरुले बताए ।

पछिल्लो समय बृद्ध भएका आमा बाबुहरु आफ्नै परिवारबाट घर निकालामा परेको खबरहरु बाहिर आईरहेका छन् । यस्ता समस्यामा परेका ज्येष्ठ नागरिकहरुलाई आश्रमले आश्रय दिई रहेका छन् ।

कार्यक्रममा कास्कीको पोखरा बृद्धाश्रम,वात्सायायन बृद्धाश्रम,हरिहर गुफा बृद्धाश्रम,आनन्दित गृह नेपाल,मानव सेवा आश्रम र पर्वतको अलकापुर सेवा केन्द्र बाट तालिममा सहभागी भएका थिए ।

सो आधारभूत कार्यक्रममा ज्येष्ठ नागरिकमा मुख्य स्वास्थ्य समस्या र त्यसको समाधान विषयक बारे रोमा शाक्य र विद्या बास्तोला,बृद्ध अवस्थामा आईपर्ने मानसिक स्वास्थ्य र समाधान बारे डा.लिपा वैद्य,ज्येष्ठ नागरिकमा आईपर्ने आकस्मिक अवस्था तथा व्यवस्थापन बारे डा.पदम खड्का, संचारका शिपहरु बोल्ने कला बारे शुष्मा पौडेल, ज्येष्ठ नागरिकको पोषिलो तथा स्वास्थ्यकर खाना स्याहारकर्ताहरुको जिम्मेवारी बारे डाइडिसियन विद्या कायस्थ,ज्येष्ठ नागरिकहरुमा कोरोनाको असर बारे जनस्वास्थ्य कास्कीका फोकल पर्सन नर बहादुर सारु,तनाव व्यवस्थापन र आमा बुवा र स्यहारकर्ताको भूमिका बारे मनिषा गुरुङ र सम्झना आचार्यले सहजीकरण गरेका थिए ।

सो कार्यक्रमको लागि सामाजिक मन्त्रालयको तर्फ बाट स्वास्थ्य कार्यालय कास्की मार्फत १ लाख १९ हजार दिवा सेवाको लागि सहयोग गरेको सो रकम बाट नै खर्च व्यवस्थापन गरेको हेप्पीहोमका सचिव रोमा शाक्यले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेशका अध्यक्ष कुशुम केशव पराजुलीले सरकारले ज्येष्ठ नागरिकको लागि छुट्ै अस्पताल खोल्न पर्ने बताउनु भयो ।

आनन्दित गृह नेपालका उपाध्यक्ष डा.पदम खड्काको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अतिथि पोखरा १२ का वडा अध्यक्ष राम बहादुर कार्की,स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्य,आनन्दित गृह नेपालका विशिष्ठ सदस्य भिम लाल लामिछाने र सहभागिको तर्फ बाट रामजी प्रसाद पौडेल,मदन बहादुर थापा,युवराज वाग्ले र कुमारी कुमालले मन्तव्य राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्