गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आईतवार साँझ राजीनामा दिएका छन् ।

सोमबार प्रदेश सभामा अबिश्वासको प्रस्ताबमा मतदान हुने कार्यसुची रहेको छ । यसकाे अघिल्लाे दिन नै मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पाैडेल समक्ष पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत समेत भएकाे छ ।

यसैविच मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्