गण्डकीकाे मुख्यमन्त्रीमा पृथ्वीसुव्वा गुरुङले लिए सपथ

  • ख-
  • ख+

पाेखरा ।
गण्डकी प्रदेशमा मुख्यमन्त्रीको रुपमा नियुक्त एमालेका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन् । गुरुङले दोस्रोपटक मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन् ।

बुधबार साँझ उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ ग्रहण गराएकी हुन् ।

यसअघि उनले वैशाख २६ गते उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत जुटाउन दलहरुलाई प्रदेश प्रमुखले आग्रह गर्दा समयसीमा भित्र बहुमत पेस गर्न सकेनन् ।

सोही धाराको उपधारा ३ बमोजिम संसदमा विद्यमान ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा गुरुङ नियुक्त भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्