“हाँसो छैन आँशु मात्र…..”गितकाे म्युजिक भिडियाे सार्वजनिक

  • ख-
  • ख+

काठमाण्डाैं ।

मूलुकको तत्कालिन र आजपर्यन्तको समाज र परिवेशलाई चित्रण गरिएको गीत “हाँसो छैन आँशु मात्र…….” को म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ ।

मूलुकमा कामको सम्भावनाहरु नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलव्धि हाँसिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक काम गर्न थालेको कथावस्तुलाई भिडियोमा देखाईएको छ ।

रेडियो नेपालका मूख्य कार्यक्रम अधिकृत राजनकुमार कार्कीको गीत रचना, रेडियो नेपालकै बरिष्ठ कार्यक्रम अधिकृत कीर्ति न्यौपानेको संगीत रहेको यस गीतमा शिशिर योगिले स्वर भरेका छन् ।

भिडियोमा श्रीदेव भट्टराई र अर्चना रिमाल मुख्य भूमिकामा छन् भने सहायक भूमिकामा अन्य पात्रहरु र सिनेकर्मी शान्तिपृयलाई समेत देख्न सकिन्छ ।

ओ.एस.आर. डिजिटलको अफिसियल यू ट्यूव च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोबाट प्राप्त रोयल्टी समाज सेवाकालागि खर्च गरिने गीतकार कार्कीले बताएका छन् ।

सपना लम्सालको सौदन्र्यविन्यास, अजय रेग्मीको छायाङकन र टेकेन्द्र शाहको सम्पादन रहेको यस गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्