राष्ट्रियसभा उपनिर्वाचनमा काँग्रेस गठबन्धनका उम्मेद्वार पाण्डेय विजयी

  • ख-
  • ख+

काठमाडौं । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्।

पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन्। पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन्।

खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन्। विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए।

उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए।

प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ। निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ।

खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
pinterest sharing button
wechat sharing button
print sharing button

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्