महेन्द्रपुल युथ क्लबले खुल्ला यु-२३ बास्केटबल गर्ने

सुरज श्रेष्ठ,
  • ख-
  • ख+

पोखरा । महेन्द्रपुल युथ क्लबले खुल्ला बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन मार्फत आयोजक महेन्द्रपुल युथ क्लबले बैशाख २८ गतेदेखी पोखरा रंगशालामा प्रतियोगिता हुने जानकारी गराइएको हो ।

प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले २५ हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि पोखरा महानगरपालिका वडा नं. ९ ले प्रायोजन गर्ने क्लबका अध्यक्ष आनन्द कुमार तझ्याकाजीले जानकारी दिए । उनका अनुसार क्लबको इतिहास निकै पुरानो रहेपनि बिचमा विभिन्न कारणले निस्क्रीय रहँदै आएको बताए ।

२०३४ सालमा विशेषगरी खेलकुदमै अघि बढ्ने उदेश्यका साथ स्थापना भएको क्लबले विधिवत् रुपमा भने २०६३ सालमा दर्ता गराएको अध्यक्ष तझ्याकाजीले बताए ।

महेन्द्रपुल क्लबको इतिहास निकै गर्विलो रहेको छ । २०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितादेखी २०४० सालमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासम्म निरन्तर सहभागी सँगै खेल सामग्रीहरु समेत सहयोग गरेको थियो । ‘२०३८ सालमा काठमाडौंमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा यस क्लबका अधिकांश खेलाडी सहभागि भएका थिए ।

त्यो क्रम लगातार तेस्रो संस्करणसम्म चल्यो’ अध्यक्ष आनन्दले भने, ‘त्यो समयमा पोखरामा क्लबहरुको स्थापना भइसकेको थिएन । महेन्द्रपुल युथ क्लबको नाम भएको टिसर्ट लगाउने सबैको चाहाना हुन्थ्यो । तर, विस्तारै क्लब निस्क्रिय हुँदै गयो र अहिले पुनः व्युत्याएका छौं ।’ क्लबले धेरै खेलाडी उत्पादन गर्दा राजनिति छिरेपछि क्लब भाडिएको थियो ।

प्रतियोगिता संयोजक सेजोल जोजिजुले युथ क्लब भएकाले ग्रासरुट स्तरबाट जानका लागि पहिलो प्रतियोगिता नै उमेर समूहको गराएको जानकारी दिए । उनले प्रतियोगिता खुल्ला भएकाले २३ वर्षसम्मका जो कोहि खेलाडी पनि सहभागिता हुने उनले बताए । प्रतियोगिता फाइभ वाई फाइभमा खेलाइनेछ ।

वैशाख २८ देखि ३० गतेसम्म हुने प्रतियोगितामा २० देखि २५ टिमको सहभागिता रहने अनुमान गरिएको छ भने टिम दर्ता २७ गते दिउँसो सम्मका लागि राखिएको संयोजक जोजिजुले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्