वाइफाई सिक्समा आधारित ‘सिक्स–जी’ इन्टरनेट वर्ल्डलिंकबाट सुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले वाइफाई सिक्स प्रविधिमा आधारित ‘सिक्स–जी’ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले यसअघि फाइभ–जी इन्टरनेट सेवा दिँदै आएकोमा अब नयाँ पुस्ताको वाइफाई प्रविधि प्रयोग गरी सेवा विस्तार गरेको हो ।

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले ‘सिक्स–जी’ नाम मोबाइल नेटवर्कको सिक्स–जी नभई वाइफाई सिक्स प्रविधिलाई आम उपभोक्ताले सजिलै बुझून् भनेर प्रयोग गरिएको स्पष्ट पारे ।

उनका अनुसार नयाँ सेवाले अहिलेको भन्दा ४० प्रतिशत बढी कभरेज, ७५ प्रतिशत कम लेटेन्सी र चार गुणा बढी गति प्रदान गर्छ ।

सिक्स–जी इन्टरनेट सेवा ५ सय एमबीपीएसको मासिक १ हजार ३ सय ३४ रुपैयाँमा उपलब्ध गराइएको छ ।

वाइफाई सिक्स प्रविधिले एउटै राउटरबाट धेरै प्रयोगकर्ता एकै समयमा जडान हुँदा पनि इन्टरनेट गति नघट्ने र कभरेज टाढासम्म पुग्ने कम्पनीको दाबी छ ।

बलियो सिग्नल, कम ढिलाइ र सुरक्षित डब्लूएपी–३ प्रणालीका कारण दैनिक काम, अनलाइन अध्ययन तथा अफिसका गतिविधि अझ सहज हुने अपेक्षा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्