मनीषाले सार्वजनिक गरिन् करियरको पहिलो फोटोसुट, बलिउडकर्मीले गरे तारिफ

  • ख-
  • ख+

बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले मंगलबार पुरानो दिन सम्झँदै आफ्नो एक श्यामस्वेत(ब्ल्याक एण्ड ह्वाइट) तस्वीर इन्स्टाग्राममा पोष्ट गरिन् । यो तस्वीर उनका लागि किन पनि विशेष थियो भने उनको करियरको यो पहिलो फोटोसुट थियो ।

नवभारत टाइम्सका अनुसार यो क्लोजअप तस्वीरमा मनीषा कम मेकअपसँगै छोटो कपालमा देखिएकी छन् । उनी क्यामरातिर नहेरी अगाडि हेरेकी छन् । तस्वीरमा ‘थ्रोब्याक…मेरो पहिलो फोटोसुट । ह्यासट्याग थ्रुब्याकट्युस्डे’ क्याप्सन लेखेकी छन् ।

उनको यो पोस्टमा दीया मिर्जा, श्रुति हासन, लीजा रे, निर्देशक ओनिर जस्ता सेलिब्रेटीले मुटुको इमोजी राख्दै प्रतिक्रिया दिएका छन् । अभिनेत्री गेब्रेला रिटले ‘सुन्दर’ भन्दै प्रतिक्रिया दिएकी छन् ।

अभिनेता आयुष्मान खुरानाले पोस्टमा लाइक गर्दै तस्वीरलाई आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेका छन् । शेयर गरेको तस्वीरमा ‘मनीषा कोइरालाको तारीफको कथा’ लेखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्