अर्की केटीसँग लागेर करणले श्रीमती कुटेको आरोप !

  • ख-
  • ख+

ये रिश्ता क्या कहलाता है का फेम एक्टर करण मेहरा यसबेला पत्नी संगको बिबादका कारण चर्चामा रहेका छन् । उनकी पत्नी निशाले करणलाई घरेलु हिंशा बाहेक एक्सट्रा म्यारिटल अफेयरको आरोप समेत लगाएकी छिन् ।

तर यो आरोपलाई करणले गलत भनेका छन् । एक्सट्रा म्यारिटल अफेयरको आरोपको बीच करण मेहराको उनको को–स्टार हिमांशी पाराशरसंगको तस्बिर भाइरल भएको छ । धेरै ब्यक्ति हिमांशी र करणको कनेक्सनका बारेमा खोजीरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले करण–हिमांशीको फोटोमा नेगेटिभ कमेन्ट गरिरहेका छन् । हिमांशी एक पंजाबी टिभि सिरियल माभन थान्डिया चाहाभन मा संगै काम गर्छन । यस सिरियलमा उनीहरुको दुबै जनाको जोडीलाई धेरैले राम्रो जोडीको रुपमा मनपराउने गरेका छन् ।

जब निशाले मैरिटल अफेयरको कुरा उठाईन् तब देखी करण–हिमांशीको तस्बिर भाईरल भइरहेको छ । यी दुबै जनाको अफेयरको चर्चा भईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्