
पोखरा । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको ईभी माइक्रोबस बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत लामेआहालमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, माइक्रोबस सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको थियो । बसमा सवार ११ यात्रुमध्ये ८ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचार भइरहेको छ भने ३ जनाको निधन भएको हो ।
प्रहरी सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले तीव्र गतिका कारण चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।