‘मिस पेटिट ग्लोबल २०२२’ मा सहभागिता जनाउदै मोडल आकांक्षा

  • ख-
  • ख+

पाेखरा ।’मिस ग्रेस पोखरा २०२१’ को उपाधि विजेता आकांक्षा विश्वकर्माले मिस पेटिट ग्लोबलमा सहभागिता जनाउन तयारी सुरु गरेकी छिन् ।

पोखरामा रहेर मोडलिङ गर्दै आएकी आकांक्षाले मलेसियामा आगामी फेब्रुअरीमा हुने ‘मिस पेटिट ग्लोबल २०२२’ मा सहभागिता जनाउने पक्का भएर तयारी सुरु गरेको बताइन ।

मिस ग्रेस पोखराको विजेताले सिधै मिस पेटिट ग्लोबलमा सहभागिता जनाउने भएकोले आफूलाई यो अवसर प्राप्त भएको उनले जानकारी गराईन । टियरा मेनेजमेन्टको आयोजनामा ३५ देशका प्रतिष्पर्धीकाे सहभागिता रहने सो इभेन्टमा आफुले नेपाललाई चिनाउने राम्रो मौका भएको पनि बताइन ।

सहभागिताको उपाधि जित्नको लागि फाइनल स्पिच, प्रश्न उत्तर, इभिनिङ गाउन, स्पोर्ट वेयर, राष्ट्रिय पोशाक, टप मोडल, फिटनेस च्यालेन्ज, ट्यालेन्ट राउण्ड र डिप इन्टरभिउ मार्फत प्रतियोगीले क्षमता प्रस्तुत गर्नुपर्ने आकांक्षाले बताइन । यसको लागि आफुले आजैबाट तयारी थालेको उनले जानाकारी गराईन।

यस्तै उनले हालै सम्पन्न भएको नेपाल संगीत तथा नाट्य अवार्ड २०७७ कार्यक्रममा वेष्ट पेजेन्ट अवार्ड जितेकी थिइन् । पोखराको जनप्रिय क्याम्पसबाट प्लस टु उत्रिर्ण भएकी उनि अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् ।

नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउदै उपाधि चुम्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ । ‘मेरो लक्ष्य नेपालको संस्कृतीलाई विश्वमाझ चिनाउदै उपाधि चुम्ने हो’ उनले भनिन् । भोलिको दिनमा मोडलिङबाट नै आफु अघि बढ्ने उनको भनाई छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्