युके निवासी सनमन गुरुङको माझी दाइ पोखरामा बिमोचन

  • ख-
  • ख+

पोखरा ।

पोखरा रामबजार निवासी हाल युकेमा कृयाशिल समाजसेवी सनमन गुरुङको लोक पप नेपाली गित  म्युजिक भिडियो माझी दाईकोपोखरामा बिमोचन गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथि म्युजिक भिडियोको रामबजार सोसाइटी युकेका वरिष्ठ सल्लाहकार,  सामाजिक अभियन्ता महेश गुरुङले बिमोचन गरेका हुन् ।

समाजसेवी सनमन गुरुङको शब्द संगीत, ज्ञान बहादुर थापाको स्वर, तेज केसीको संगीत सयोजन, युवराज गुरुङ,अमृता मगर, वसन्त थापा लगायत हिमाली सास्कृतिक परिवारका कलाकारहरु कविता गुरुङ, कोमल तामाङ, रन्जु बालकोटी लगायतको प्रस्तुति रहेको छ। म्युजिक भिडियो पोखरा दोबिल्ला लगायतको क्षेत्रमा छायांकन गरिएको छ।

प्रमुख अतिथि रामबजार सोसाइटी युकेका वरिष्ठ सल्लाहकार,  सामाजिक अभियन्ता महेश गुरुङले म्युजिक भिडियो मर्मले भरिएको छ भन्दै शुभकामना ब्यक्त गरे। गितलाई लाइक, शेयर गरिदिन उनकाे आग्रह छ ।

कलाकारलाई हौसलाको लागि १० हजार रुपैयाँ सहयोग गरे । स्रस्टा सनमन गुरुङ निडर र सेवाभावको ब्याक्तित्व भएको बताए । रामबजार क्षेत्रकालागी देश बिदेशमा रहेका सहयोगीहरुले धेरै साथ सहयोग गरेकोमा सबैलाइ धन्यवाद व्यक्त गरे ।

यस क्षेत्रको बिकासका लागि योगदान दिनिहुनेहरुलाई समेत उनले स्मरण गरे । कलाकारलाई उहाको सहयोगको पश्चात् कृष्ण  पुन २ हजार, नारायण पुन ६ हजार, राम गुरुङ १० हजार सहयोग प्रदान गरिएको थियो ।

कल्याण शेरचन स्मृति प्रतिस्ठानका अध्यक्ष क्या.पुर्ण बहादुर गुरुङ ह्योल्मोले स्रस्टा सनमन गुरुङको परिचय दिनुहुदै गीतबाट रामबजार, पोखरा र नेपाली गित संगीतलाई योगदान पुराएको बतनए । सबैलाई समान देख्ने, ब्यवहार गर्ने स्वभावको मूर्ख पनि सज्जन बनेको भन्दै खुशी व्यक्त गरे ।

समाजसेवी निरज थापाले शुभकामना व्यक्त गर्दै सनमन गुरुङ रामबजारको उपज भएको बताए । सधैं सकृय रहने,बिदेश रहेर पनि स्वदेशको सेवा गर्ने ब्यक्तिकरण भएको बताए ।

देउराली ब्याण्डका अध्यक्ष तेज केसिको अध्यक्षतामा भएको  कार्यक्रममा  कलाकारहरुलाई सम्मान गरिएको थियो भने सन्चालन तिलक गुरुङले गरका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्