पाेखरामा एक दिने मिनि सडक महाेत्सव

  • ख-
  • ख+

तिर्थ के सी/पाेखरा । पाेखराकाे लेकसाइडमा मिनि सडक महाेत्सव हुने भएकाे छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आगामी सोमबार एक दिने मिनि मिनि सडक महाेत्सव आयोजना गरेकाे हाे ।

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई व्युउताउन सकिने आशाले विश्व पर्यटन दिवसकाे अवसर पारेर महाेत्सवकाे आयाेजना गरिएकाे रेवानका अध्यक्ष तथा महाेत्सव संयाेजक लक्ष्मण बरालले बताए ।

उनका अनुसार पाेखरा लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म साेमवार बेलुकी पाँच बजेदेखि १० बजेसम्मका लागि सडक महोत्सवका लागि कार्यक्रम हुनेछन् ।

सडकमा सार्वजनिक सवारी आउजाउ रोकेर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने उनकाे भनाई छ । सारंगी प्रस्तुती, लाखे र थारु समुदायको नाचसहित सडकमा रेस्टुरेन्टले विभिन्न परिकार पस्कने उनले बताए ।  

‘लामो समय सुस्ताएको पर्यटन क्षेत्र ब्यूताउनका लागि पनि गतिविधि गर्न जरुरी छ । त्यही क्रममा एकदिनका लागि मिनि स्ट्रिट फेस्टिवल आयोजना गरिएको हो,’ उनले भने, ‘यसले पाहुनालाई पोखरासम्म तान्नका लागि सघाउने छ ।’ उनका अनुसार रेस्टुरेन्टले बाटोमा चुलो राखेर खाना खुवाउने छन् भने सांस्कृतिक टोलीले कला देखाउने छन् ।’ उनले भने, ‘पोखरा खुला रहेको सन्देश दिन जरुरी छ ।’

‘व्यवसायीलाई नै व्यवसायमा टिकाउन पनि मुस्किल हुने अवस्थामा अहिले आन्तरिक पाहुनाको कारण केही आशावादी बनेका छौ,’ उनले भने, ‘अहिले कमाउनै त सक्ने अवस्था होईन, पर्याप्त आम्दानी नभएपनि व्यवसायीले संचालन खर्च धान्न सक्ने अवस्था देखिएको छ । त्यसले सबैलाई उत्साही बनाएको छ ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराईले पोखरामा हुने यो कार्यक्रमले पोखरा घुम्नका लागि सुरक्षित बनिसकेको सन्देश पुग्ने बताउँछन् । उनका अनुसार साप्ताहिक बिदा पारेर पोखरामा आन्तरिक पाहुना घुम्न आउन थालेका छन् । चाडपर्व विदाले झनै पाहुना आउनेमा आफूहरु आशावादी भएको उनले बताए ।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्