
पाेखरा । नेपालीहरुकाे महान चाडहरु दशैं तिहार नजिकिदै छन् । चाडपर्वकाे छेकाे पारेर धेरै गितहरु बजारमा निस्किएका छन् । कुनै दुखान्त त सुखान्त ।
यस्तै मध्येकाे एउटा रमाईलाे दशैं गित तिहार गित “धान झुल्दैछ फुल्दैछ कोदो” बजारमा निस्किएकाे छ ।
चर्चित गायक रेशम सापकोटाको लय तथा शब्दमा रहेको गित सापकोटा आफै र किरण शर्माले गाएका छन् ।
गितकाे भिडियाेमा विकन एजुकेशन एण्ड भिसा सर्भिसेसका सञ्चालक रुद्रप्रसाद अर्याल,आर के बसौला साथै किरण शर्मा,सुस्मिता परियार,अनिता अधिकारी,चन्दावती लामिछानेलाई देख्न सकिन्छ ।
सापकोटा आफैले निर्देशन गरेको गितकाे छायांकन भने सरोज शाहीले गरेका हुन् । गित तरेली संगीत कुन्जको युट्युव च्यानलबाट हालै सार्वजनिक भएकाे हाे ।