मलाई एकदिनको लागि अर्थमन्त्री बनाउनुस्, देशको अर्थतन्त्रको कायापलट गर्छु ! : ज्ञानेन्द्र शाही

  • ख-
  • ख+

काठमाडौ । नागरिक अभियन्ताको रुपमा चिनिएका ज्ञानेन्द्र शाहीले आफुलाई एकदिनको लागि अर्थमन्त्री बनाए देशको अर्थतन्त्रको कायापलट गर्न सक्ने बताएका छन् ।

अर्थमन्त्रीले काम गर्ने भन्दा योजना बनाउने हो जसले देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ ।उनको सो अभिव्यक्तिले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाइरहेको छ । शाहीका पक्ष र विपक्षमा रहेर मानिसहरुले उक्त अभिव्यक्तिप्रति आ आफ्नो बिचार राखेका छन् ।

केहिदिन अघि राहत वितरण गर्दै गर्दा पक्राउ परेका ज्ञानेन्द्र शाही अहिले रिहा भएका छन् ।

आफुलाई गृहमन्त्रीले बदलाको भावना लिएर पक्राउ गर्ने आदेश दिएको सार्वजनिक रुपमा भन्दै आएका छन् ।

गृहमन्त्री विरुद्द आफु बोलेको कारण अहिले राहत वितरण गर्दैगर्दा पक्राउ गरि तनाव दिएको आरोप लाएका छन् । “अब राहत बाँढे फेरि पक्राउ गर्ने भनेपछि अहिले म राहत बाढ्न छोडेको छु । सरकारलाई सबैभन्दा पहिला मैले नै सहयोग गरेको हुँ तर मलाई नै पक्राउ गर्दा दुख लागेको छ ।” शाहीले दुखेसो पोखे ।

ज्ञानेन्द्र शाहीले भने, “मलाई एकदिनको लागि मात्र अर्थमन्त्री बनाए देशको अर्थतन्त्रमा कायापलट गर्न सक्छु । अर्थमन्त्रीको काम भनेको काम गर्ने होईन योजना बनाउने हो । म केहि काम गर्दिन एकदिनमा यस्तो योजना बनाउछु जसले गर्दा देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्