कोजाग्रत पूर्णिमासँगै दसैं समापन, महालक्ष्मीको पूजा गरिँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैं आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ । यस अवसरमा धनधान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमाको रात जाग्राम बस्ने भक्तजनलाई महालक्ष्मीले सुख, समृद्धि र धनधान्यको आशीर्वाद दिने विश्वास गरिन्छ ।

घटस्थापनाका दिन स्थापना गरिएको जमरा तथा पूजामा प्रयोग गरिएका फूलप्रसाद आज विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमासँगै दसैंको टीका र जमरा ग्रहण गर्ने क्रम पनि समाप्त हुन्छ ।

दसैंको समापनसँगै नेपालीहरू अब तिहारको तयारीमा जुट्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्