गण्डकी प्रदेश उसु संघ गठन, अध्यक्षमा बिरेन्द्र गहतराज

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा। गण्डकी प्रदेशमा उसु खेलको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश उसु संघ गठन गरिएको छ। शनिबार सम्पन्न संघको प्रथम अधिवेशनले बिरेन्द्र गहतराजको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

‎संघको प्रथम उपाध्यक्षमा राजेन्द्र भुजेल, द्वितीय उपाध्यक्षमा अनुप खड्का, सचिवमा दुर्गा सुनार, सहसचिवमा भगिरथ कँडेल, कोषाध्यक्षमा लक्ष्मण गुरुङ र सहकोषाध्यक्षमा सुशिला कार्की चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा विरबल कुँवर, विनोद मगर, लाेकेन्द्र गहतराज, सुनिल भारी, रमेश सेन्चुरी र राजन श्रेष्ठ  चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष बिरेन्द्र गहतराजले उसु खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने, खेलको दायरा विस्तार गर्ने र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित संघ अघि बढ्ने बताएका छन्।

‘उसु खेलको विकास र पहिचान विस्तार गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। यस खेलबारे आम नागरिकलाई जानकारी गराउँदै नयाँ खेलाडी उत्पादन गर्ने र प्रतिभावान् खेलाडीलाई उचित अवसर प्रदान गर्नेछौँ।’ गहतराजले भने-‘यो अभियान सफल बनाउन सबैको साथ र सहयोग आवश्यक छ ।’

उनले खेलाडी उत्पादन, प्रशिक्षण तथा प्रतियोगितालाई प्राथमिकता दिँदै गण्डकी प्रदेशलाई उसु खेलको उर्वर क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

खेलको संस्थागत विकाससँगै प्रदेशका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्नु संघको प्रमुख लक्ष्य रहने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्