प्रहरीका नाममा सु साइट नोट लेखेर आत्मह त्या घटना : आराेपितलाई हिरासतमा लिएर अनुसन्धान शुरु

  • ख-
  • ख+

बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आ त्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिएको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत थिए ।

मृ तक किसानले लेखेको सुसा इटनोट र परिवारले दिएको जाहेरीका आधारमा दवाडीलाई हिरासतमा लिइ अनुसन्धान शुरु गरिएको हो । जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

छोरीलाई आ त्महत्या गर्न बाध्य पारिएको भन्दै मृत क सम्झना किसानका बुबा खड्कबहादुर सार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिएका थिए ।

सार्कीले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि दवाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालिएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । दवाडीविरुद्व आ त्महत्या दुरुत्साहनअन्र्तगत मु द्दा दा यर गर्ने तयारी भएको प्रनि केसीले बताए ।

गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई समेत कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरु स्साहन मु द्दामा पाँच वर्षसम्म कैद र रु ५० हजार जरि वाना हुने कानूनी व्यवस्था रहेको छ ।

सम्झना मङ्गलबार बिहान आफू बस्दै आएको कोठाको सिलिङमा झुण्डि एको अवस्थामा फे ला परेकी थिइन् । सम्झनाले जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्बोधन गरी लेखेको सुसा इट नो टमा त्यहीँ कार्यरत प्रहरी जवान राकेश दवाडीका कारण आफूले आ त्महत्या गर्न बा ध्य भएको उल्लेख छ ।

आ त्महत्या गर्नुपूर्व सम्झनाले प्रहरी प्रमुखलाई सम्बोधन गरी लेखेको नोटमा दोषीमाथि आवश्यक छानबिन गरी कारवाही गर्न अनुरोध गरिएको छ । विसं २०७५ भदौ ५ गतेदेखि प्रहरी जवान दवाडीसँग चिनजान भई मायामा फस्दा बिचल्ली भई आ त्मह त्याको बाटो रोज्नुपरेको सु साइट नोटमा उल्लेख छ ।

दवाडीविरुद्ध मु द्दा दर्ता भएर म्याद थप भएपछि परिवारले मृ तक सम्झनाको शवलाई शुक्रबार दाह सं स्कार गरेका छन् ।

प्रहरीले उनीहरुको सम्बन्ध, मोबाइलमा भएका पछिल्ला संवादलगायत विषयमा अनुसन्धान थालेको छ । कानूनअनुसार, दोषी ठहर हुने अवस्था आए अदालतले उनलाई कारवाही तोक्ने र सोहीअनुसार हुने केसीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्