सानिमा बैंक र दराजको सोमबार शपिङ्गबार योजना

  • ख-
  • ख+

काठमाडाैं, २२ वैशाख । सानिमा बैंक लिमिटेड र दराज प्रा.लि.वीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ ।

सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरूले सोमबारका दिन डेविट वा क्रेडिट कार्ड माफ्त शपिङ्ग गर्दा १० प्रतिशत वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा सानिमा बैंकका बिक्रम श्रेष्ठ र दराजबाट प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्