पोखरा ।
युनाईटेड क्लव पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्टविन वितरण गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सरसफाईलाई मध्येनजर गरी युनाईटेड क्लवले बाबा फाउण्डेशनको सहकार्यमा १० सेट डस्टविन वितरण गरेको हो ।
सो अवसरमा बाेल्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर ब्यवस्थापनलाई मध्येनजर गरी युनाईटेड क्लवले डस्टविन प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरिन ।
मन्त्री गुरुङले युनाईटेड क्लव जस्तै अन्य सामाजिक क्षेत्रमा काम गर्ने क्लवहरुले समेत सरकारी अस्पतालहरुमा आवश्यक परेका सामाग्रीहरु सहयोग गरेको खण्डमा पक्कैपनि सरकारी क्षेत्रहरुमा सुधार हुने बताइन् ।
त्यस्तै युनाईटेड क्लवले प्रदेश सरकार संग समन्वय गरेर युवा स्वरोजगारका लागी विभिन्न तालिमहरु समेत आयोजना गर्न समेत मन्त्रीको आग्रह रहेको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघीय सरकार अन्तर्गत रहेतापनि आफुहरुले प्रदेश सरकारकै मूख्य अस्पतालको रुपमा लिएर अगाडि वढेको वताउदै मन्त्री गुरुङले प्रतिष्ठानमा आवश्यक पूर्वाधार संगै सरसफाइको क्षेत्रमा समेत सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् ।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर डुकबहादुर क्षेत्रीले पोखरामा रहेर सामाजिक कार्यमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवद्धारा सरकारी संस्था लाई अपनत्व वहन गरि सहयोग गरेको सामाग्रीको सदुपयोग हुने बताए ।
हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकास निर्माणका काम जारि रहेकाले पूर्ण रुपमा सफा रहन नसकेको भएतापनि सरसफाइ लाई तीव्रता दिएको समेत बताए ।
डक्टर क्षेत्रीले सरकारी अस्पतालहरुमा उपकरणहरुमा बजेट विनियोजन हुने भएतापनि उपकरणको मर्मत संभार र सरसफाइका लागी पर्याप्त बजेट नहुने भएकाले पनि विभिन्न निकायहरुको सहयोगमा सरसफाइका सामाग्रीहरु आफुहरुले प्रयोग गर्दै आइरहेको उनको भनाई रहेको थियो ।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरत वहादुर खत्रि खत्रीले आफ्नो कार्यकालको सुरुवात देखी नै अस्पतालको गेटबाट डस्टविनहरु राख्ने जमर्को गरिरहेको र हाल आएर युनाईटेड क्लवले डस्टविन सहयोग गरेकोमा आफुहरुको योजना अनुरुप अस्पतालको गेटबाटै डस्टविन राख्ने कामको थालनी गरिने वताउदै सहयोगी संस्था युनाईटेड क्लव प्रति आभार प्रकट गरे ।
सरकारी अस्पताल हामी सवैको अपनत्व रहने भएकाले सवैले मिलेर सहकार्य गरेर आफुहरु अस्पताल सरसफाईको अभियानमा रहेको र अस्पताललाई सफा गर्नेमा कुनै कसर बांकि नराख्ने बताए ।
पोखरा महानगरले अस्पतालबाट निस्कने फोहोरको प्यटर्न चेन्ज गरेको भएतापनि युनाईटेड क्लवले प्रदान गरेको डस्टविनलाई मिलाएर प्रयोग गर्ने उनको भनाइ रहेको थियो ।
युनाईटेड क्लवको अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवमा प्रथम उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए ।
युनाईटेड क्लवको आयोजनामा आगामी पुसको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सवको आयोजना हुदैछ ।