विश्वभरि कोरोनाभाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघ्याे

  • ख-
  • ख+

लण्डन, २२ वैाशख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ। यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ५० हजारको निकट पुगेको रोयटर्सले जनाएको छ।

संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ। पछिल्लो विश्व विवरण अनुसार धेरै संक्रमितहरू उत्तर अमेरिका र युरोपेली मुलुकबाट रहेका छन्। यस्तै ल्याटिन अमेरिका, अफ्रिका र रसियामा संक्रमितको संख्या बढिरहेको छ।

पछिल्लो २४ घण्टामा विश्वमा ८४ हजार ४ जना नयाँ संक्रमित थपिएको रोयटर्सले जनाएको छ। हाल रहेका कुल संक्रमित मध्ये ९८ प्रतिशतलाई मध्यम किसिमको कोरोना संक्रमण रहेको र २ प्रतिशतको अवस्थामात्रै गम्भीर छ। यसैगरी साढे ११ लाख बढी मानिस निको भइसकेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्