अमेरिकन आइडलको टप १० मा नेपालका दिवेश पोखरेल

  • ख-
  • ख+

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको चर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित बनाएका हुन् ।

अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ र फ्यानहरुको प्रशंसा बटुल्दै आएका थिए । उनी टप ५ को दावेदारका रुपमा समेत हेरिएका छन् । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले समेत चिनाउन सफल भएका छन् ।

टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको बताएका छन् ।

‘यो ठाउँमा उभिनु र तपाईहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो,’ ‘मैले गल्लीहरुमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरुसहितका खाली हलहरु देखेँ । अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपाईसम्म पु-याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु । मलाई भोट दिनुहुने सबैप्रति आभारी छु ।’ उनले लेखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्