रेडियो अन्नपूर्णको रक्तदानमा १ सय ६० युनिट रगत संकलन

  • ख-
  • ख+

पोखरा ।

रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आयोजना गरेको २० औं बृहत रक्तदान कार्यक्रममा बर्षाका बाबजुद पनि १ सय ६० युनिट रगत संकलन भएको छ ।

नयाँ रक्तदाताहरुलाई रक्तदानप्रति आकर्षित गर्ने उद्देश्यले रेडियोले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको बृहत रक्तदान कार्यक्रम अन्तर्गर्तरक्तदान म पनि गर्छुु,नारासहित शनिबार रेडियोको प्राङ्गणमा आयोजना गरेको रक्तदानमा १ सय ३३ पुरुष र २६ जना महिलाले रक्तदान गरेका छन् ती मध्ये ६५ जना नयाँ रक्तदाता रहेका छन् । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समुह कास्कीका पूर्व अध्यक्ष तिर्थराज अवस्थीले ६८ औं पटक रक्तदान गरेका छन्।

कार्यक्रमको गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले पहिलो रक्तदाता नवराज बास्तोलालाई व्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रदेश सरकारले गण्डकी प्रदेशभर रगत निशुल्क उपलब्ध गराउँदै आइरहेको बताए ।

रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले रेडियोले आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान आयोजना गर्दै आइरहेको र यसलाई निरन्तरता दिने बताए । रेडियोका निर्देशक विजेश पालिखेले रक्तदानमा उत्साहपूर्ण सहभागि भएर रक्तदान गर्ने रक्तदाताहरुप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा पोखरा इन्टरनेट प्रा.लि., नेपाल बैंक लिमिटेड, नविल बैंक लिमिटेड र बृज सिमेन्टले सहकार्य गरेका थिए । त्यस्तै पोखरा फुड्स सेन्टर काठमाडौंका सञ्चालक अमर बनियाँ, आर.एल.पि.अण्डा सप्लायर्सका सञ्चालक राजु पौडेल, सिजी फुड्स नेपाल प्रालि, नेलम्बो नेपाल, डाबर नेपाल (रियल जुस), पेनगुइन मिनिरल वाटर र तालबाराही फार्मेसीले प्रायोजन गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेन्टिनियल, लायन्स क्लब अफ पोखरा गण्डकी दोभान, लायन्स क्लब अफ पोखरा सेती गंगा, पोखरा लेडिज जेसिज, लायन्स क्लब अफ पोखरा सेती गण्डकी, प्राइम सहकारी संस्था लिमिटेड, परिचय एडभटाइजिङ र न्यु राष्ट्रिय छापाखानाले विशेष सहयोग गरेका थिए ।

कार्यक्रममा रक्तसंचार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्