एमालेलाई कसैले हराउन सक्दैन :उपमहासचिव गुरुङ नेकपा(एस) त्यागेर घर फर्के दर्जनौ कार्यकर्ता

  • ख-
  • ख+

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेलाई कसैले पनि हराउन नसक्ने बताएका छन् । गुरुङले जनताको हितमा उल्लेख्य काम गर्दै अगाडी बढेको आफ्नो पार्टीको लोकप्रियतादेखि आत्तिएर केहि दलहरु गठबन्धन बनाउने तयारीमा रहेको र जनताका मत र साथले जस्तासुकै गठबन्धन आएपनि परास्त हुने भन्दै एमाले सरकारका काम र उपलब्धिहरुलाई जनतासामु लैजान आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरे। 

उनले सो कुरा नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटिको आयोजना तथा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको ब्यबस्थापनमा बुधबार पोखरामा आयोजित स्थानीय तह निर्बाचन केन्द्रीत प्रचार भेलामा बोल्दै सो कुरा बताएका हुन् ।

गुरुङले एमालेका बिगतका संघीय र प्रदेश एबम स्थानीय तहका जनप्रतिनिधिको काम अब्बल रहेको र अब आउने सरकारले ति कामको प्रचार  सहित नयाँ बिकासका योजनाका स्पस्ट मार्गचित्र प्रस्तुत गरेकोले नै देशका कुना कुनाबाट विभिन्न पार्टी परित्याग गरि विकासप्रेमी जनताहरु आफ्नो पार्टीमा समाहित हुने क्रम तिब्र बनेको जिकिर गरे ।

 सो अबसरमा उपमहासचिव गुरुङले   कास्कीबाट पर्यटन ब्यबसायी क्षेत्र बहादुर गुरुङ ,सुक बहादुर परियार,शम्सेर बहादुर मौरति ,राजकुमार मौरती,सन्त बहादुर बि क,बिशाल परियार ,भिम बहादुर गुरुङ, बिर  बहादुर गुरुङ,रामजी सनिया,होम बहादुर परियार लगाएत दर्जन बढी कार्यकर्तालाई लाई एमालेमा स्वागत गरेका थिए । उनीहरु सबै ने क पा  (एकीकृत समाजबादी) पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।

 प्रचार भेलामा  नेकपा एमाले गण्डकीका  अध्यक्ष नबराज शर्मा, एमाले गण्डकीका उप-सचिब एबं गण्डकीका प्रचार बिभाग प्रमुख रश्मि आचार्य,केन्द्रीय प्रचार बिभाग सदस्य निर्मला शर्मा, गण्डकीका प्रचार बिभाग उप –पमुख पुण्य पौडेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत , उपाध्यक्ष गणेश पाण्डे, सचिब सुष्मा पौडेल ,प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल,लगायतले स्थानीय तहको निर्बाचनमा प्रचार रणनीति र गर्नुपर्ने कार्यको बारेमा प्रशिक्षण दिएका थिए ।

भेलामा गण्डकी प्रदेशका जिल्ला प्रचार बिभाग प्रमुखहरु , जन संगठनका अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टीको प्रदेश प्रचार तथा प्रकाशन बिभागका सदस्य रामजीप्रसाद लम्सालले जानकारी दिए ।                                 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्