पाेखरा २६ मा नेकपा एमालेकाे वडा परिचालन कमिटी गठन

  • ख-
  • ख+

पाेखरा । नेकपा  एमाले पाेखरा महानगरपालिका वडा नम्बर २६ मा एक कार्यक्रमका बिच निर्वाचन परिचालन कमिटी गठन भएको छ ।

साे कार्यक्रमकाे  प्रमुख अतिथिमा गण्डकी प्रदेश समितिका सदस्य बामदेव ढुंगानाले आगामि निर्वाचनमा नेकपा एमालेलाई बिजय गराउन कुनै शक्तिले राेक्न नसक्ने बताए ।

त्यस कार्यक्रममा एक हजार एक निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष नारायण प्रसाद बरालले हामीले पाँच बर्षमा धेरै नै काम गरेको र केही काम बाँकी रहेको हुदा ति कामलाई निरन्तर दिनपनि हामीले जित्नैपर्ने बताए ।

अर्को अतिथि कास्की जिल्ला सदस्य रमेश रानाभाटले पहिलाकाे भन्दा बढि मत ल्याएर जिताउन सबै लाग्नुपर्नेमा जाेड दिए।

उक्त कार्यक्रममा विभिन्न  उपसिमितप गठन भएकाे छ । आर्थिक विभागकाे संयाेजकमा तारा शर्मा ढकाल ,युवा परिचालन समिति संयाेजकमा विकास अधिकारी प्रचार प्रचार विभागकाे संयाेजकमा सन्देश तिमिल्सिना महिला विभाग संयाेजकमा प्रमिला बराल भण्डारी मुक्ती समाजका संयाेजकमा वीर  बहादुर बि.क.बुद्धिजीवी परिसदका संयाेजक राम मणि ढुंगाना  मतदाता शिक्षा बिभाग संयाेजक बिष्णुहरि ढुंगाना पुर्व प्रहरी तथा सैनिक बिभागकाे संयाेजकमा भिमनाथ अधिकारी रहेका छन् ।

कार्यक्रम वडा कमिटीका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले आगामी निर्वाचनमा एमाले लाई पहिलाकाे भन्दा दाेम्बर मतलेर महानगरमै सबैभन्दा बढि मतले विजय गराउन कुनै कसर नराक्ने बताए ।

कार्यक्रम वडा कमिटीका सचिव सुर्यप्रसाद ढुंगाना ले संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्