पाेखरा २५ का नेकपा एमाले उम्मेदवारले गरे मनाेनयन दर्ता

  • ख-
  • ख+

पाेखरा । पाेखरा २५ का नेकपा एमालेका उम्मेदवारहरुले मनाेनयन दर्ता गरेकाे छन् । आसन्न स्थानिय तह निर्वाचनकाे लागि वडा नम्वर २५ काे वडाध्यक्षमा तिर्थबहादुर थापा, सदस्यमा सुवास भण्डारी,कृष्णबहादुर कुवर, महिला सदस्य धना तिमिल्सिना, दलित महिला सदस्य तारा विश्वकर्माले मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा मनाेनयन दर्ता गराएका हुन् ।

मनाेनयन दर्तापछिकाे कुराकानीमा वडाध्यक्षका उम्मेदवार थापाले नेकपा एमालेले अघि सारेकाे “समृद्व नेपाल, सुखी नेपाली” भन्ने सिद्वान्तलाई आत्मसात गर्दै समृद्व पाेखरा वडा नम्वर २५, सुखी वडाबासी भन्ने सिद्वान्तलाई अघि सारेर काम गर्ने बताए ।

उनले युवा जाेश, अग्रजकाे सल्लाहा अनुसार र वडा नम्वर २५ वासीकाे आवश्यकता र मागलाई सम्वाेधन गरेर अगाडि बढ्ने आफ्नाे प्रतिबद्वता रहेकाे उल्लेख गरे ।

पाेखरा २५ काे मुख्य एजेण्डा भनेकाे किसानकाे मुद्वा, आधुनिक प्रविधिमैत्री शिक्षा,आधुनिक कृषि प्रविधिमा जाेड, महिलाका समस्या समाधान, युवा परिचालन, युवा स्वराेजगार सिर्जना, खानेपानी, विजुली, सडक लगायतलाई प्राथमिकतामा राख्ने थापाले प्रतिवद्वता जनाए ।

उनले सम्पूर्ण पाेखरा महानगरवासी मतदातालाई सुर्य चिन्हमा मतदान गर्न अनुराेध गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्